logo

 चैबीस वर्षदेखी फरार ज्यानमुद्धाका दोषी पक्राउ

      9/29/2019 गते 00 00 मा प्रकाशित     818   पटक पढिएको

बीरगंज १२ असोज । पर्सा प्रहरीले ज्यान मुद्धाका फरार अपराधीलाई पक्राउ गरेर अदालतमा बुझाएको छ । २४ वर्ष देखी फरार रहेका ज्यान मार्ने उधोगमा सजाय सुनाइएका बीरगंज १२ मूर्लीका ४९ वर्षिय समिम अख्तरलाई प्रहरीले शनीवार राती साढे १० बजे उनको मुर्ली स्थित घर छेउबाट पक्राउ गरेको हो ।  


चिनवा भनेर चिनिने अख्तर २५ वर्षको उमेरमै अपराध कर्ममा लागेका थिए । ज्यान मार्ने उद्योगमा सजाय सुनाइएका अख्तर लुकीछिपी बस्दै आएका थिए ।  अदालतले दोषी करार गरेका फरार अपराधी अख्तर २४ वर्षपछि पक्राउ परेका हुन।


अंसारीलाई सर्वोच्च अदालतको २०५२ जेठ २५ गतेको फैसलाले ज्यान मार्ने उद्योगमा ४ वर्ष ११ महिना १० दिन सजाय सुनाएको थियो ।

पक्राउ परेका अंसारीलाई अदालत बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अन्नत राम शर्माले जानकारी दिए ।  

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.