logo

बीरगंजको सडक बिस्तार ,सडक चौडा गर्न युवाहरुले गरे  दवावमुलक कार्यक्रमको घोषणा

      11/5/2019 गते 00 00 मा प्रकाशित     1314   पटक पढिएको

रगंज १९ कार्तिक । त्रिभूनव राजपथको भंसार गण्डक खण्डमा सडकको दायाबाया २५ २५ मिटर चौडा गर्ने सरकारी कदमलाई सहयोग पु¥याउन बीरगंजका युवाहरुले दवावमुलक कार्यक्रम घोषणा गरेका छन ।

 

बीरगंज बिकास युवा संघर्ष समितिको आज बसेको बैठकले दवावमुलक कार्यक्रम घोषणा गरेको महमुद अन्सारीले जानकारी दिनु भयो । 


समितिले ब्यापारिक राजमार्ग बिस्तारको कार्यालय पथलैयामा सडक चौडा बनाउने बिषयमा भइरहेको तयारीका बारेमा कुझन पथलैया जाने निर्णय गरेको छ । घण्टाघरमा जम्मा भएर पथलैया जादै छौ युवा नेता अन्सारीले भन्नु भयो सडक बिस्तार सम्बन्धी कार्यालयको तयारीका बारेमा बुझने छौ र युवाले दिनु पर्ने सहयोगका बिषयमा कुरा गर्छौ । 


बीरगंज मुख्य शहर अहिले नै संकुचीत भएको छ । सडक साँघुरो भएकोले बीरगंजले राम्रो शहरको संज्ञा पाउन सकेको छैन । सडक सघुरो भएकोले लेन अनुशासन कायम भएको छैन । फूटपाथमा हिडनु पर्ने पैदल यात्रीहरु वीच सडकमा हिडिरहेका हुन्छन । जेव्रा क्रसिङ त बन्यो तर त्यो सदुपयोग हुन सकेन ।

 

यि सबैको कारण साँघुरो सडक नै हो । सरकारले सडकले चर्चेको जमिनमा सडक चौडा गर्ने निर्णय गरेको छ । त्यो निर्णयका बिरुद्ध बीरगंजका मुख्य सडकका कतिपय घरधनीले आफनो घरमा राष्ट्रीय झण्डा समेत फहराएर अतिक्रमणलाई बैधता दिन माँग गरिरहेका छन । यस्तो अवस्थामा युवाहरुले सडक बिस्तारको अभियानलाई सार्थक बनाउन गरेको प्रयासलाई बिकासप्रेमीहरुले  प्रंसशा गरेका छन ।

 

युवा समुहले आधुनीक र बैभवशाली बीरगंज निर्माणमा सहयोग गर्न सबैलाई अपिल समेत गर्दै यो वीचमा पत्रकार सम्मेलन सिटी जुलुस लगायतका कार्यक्रम गर्ने निर्णय गरेको युवा नेता अन्सारीले बताउनु भयो । 


यस बिषयमा सर्वोच्च अदालतमा यही २४ गते दोहोरो सुनवाईकोलागि अदालतले मिति ताकेको छ । यस सम्बन्धमा कानूनी आदेश भने कार्तिक २४ मा आउने देखिन्छ । अदालतमा बीरगंजका सडकका दाया वायाका घरधनीले तोडन र तोडाउन नदिनकालागि माँगदावी गर्दै अन्तरिक आदेश माँग गरेर रिट दायर गरेपछि अदालतले दोहोरो सुनवाईको तिथि तय गरेको हो । सडक बिस्तारको आवश्यकता सम्बन्धी संचारकर्मी सूर्य शुभचिन्तकको सृजना पनि यस्तो छ ।
बिकासप्रेमी सबैजना खटेर जानेछ
बिकासका नाराहरु रटेर जानेछ 
२५र२५ मिटर सडक फराकिलो भयो भने
ट्राफिक जाम, सडक दुर्घटना घटेर जानेछ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.