logo

‘गेट वे अफ नेपाल’ सफाईले स्थानीयबासी दंग 

      11/23/2019 गते 00 00 मा प्रकाशित     2359   पटक पढिएको

७ मंसिर, वीरगञ्ज
नेपाल प्रवेश गर्ने मुख्यद्वार  ‘गेट वे अफ नेपाल’ भनिरे चिनिने शंकराचार्य प्रवेशद्वारमा शनीवार भब्य सफाई कार्यक्रम सम्पन्न भएको छ । बीरगंज रक्सौल वीचमा रहेको मितेरी पुल नजिक शंकराचार्य गेट र आसपासको क्षेत्रमा शनिबार बिहान सरसफाई गरिएको हो । 


‘भोलुन्टर’ नामक वीरगञ्जका सचेत तन्नेरी आवद्ध समूहको आव्हानमा सरसफाई कार्यक्रम राखिएको थियो । सरसफाईमा जुटेका तन्नेरी अभियानकर्मीलाई वीरगञ्ज महानगरपालिकाले समेत साथ दिएको थियो ।

 


महानगरपालिकाको सफाई साझेदार एनके इन्टरनेशनल र महानगरले नाका क्षेत्र सफाईका लागि बु्रमर, दमकल सहित केहि सरसफाईकर्मी पठाएको अभियन्ताले बताएका छन् । सरसफाईका क्रममा सडकमा जथाभावी फालिएको प्लाष्टिक टिपिएको छ । ब्रुमर लगाएर धुलो टिप्नुको साथै पानी हालेर धुलो नउड्ने बनाईएको छ । 
समूहमा वीरगञ्जका १८ जना तन्नेरी आवद्ध छन् । उनीहरुले गत साता पनि नाका सफाई कार्यक्रम राखेका थिए ।

भ्रमणवर्षलाई गिज्याउनेगरी यसअघि नाका प्रदुषित र दुर्गन्धित थियो 


शंकराचार्य गेटदेखि मितेरी पुलसम्मको सडक जीर्ण हुनुको साथै वीरगञ्ज महानगरपालिकाले सडक र सिर्सिया नदीको किनारमा फोहोर फाल्दै आएको थियो । जसले गर्दा नाका हुँदै नेपाल आउने पाहुनालाई धुलो र दुर्गन्धले स्वागत गर्ने गरेको छ । 

 


भोलुन्टर ग्रुपका संयोजक राजन श्रीवास्तवले दुई साताको मेहनत पछि नाकाको अवस्थामा केहि सुधार आएको बताउनु भयो । “भ्रमण वर्ष २०२०  पूर्व सन्ध्यामा छौं, विश्व प्रसिद्ध गढीमाई मेला शुरु भईसकेको छ । लाखौं धार्मिक पर्यटक अब यही नाकाबाट आउँछन् ।

 

तर नाकाको अवस्था प्रदुषणले नाजुक थियो । श्रीवास्तवले भन्नुभयो  ‘ त्यसैले सरसफाई अभियान शुरु गरेका हौं, दुई सातामा आउँदा सबै पक्षबाट राम्रो सहयोग मिलेको छ । नाकाको सफाईमा सुधार आएको भन्दै स्थानीय दंग छन् ।’ 


महागरपालिकाले सडकको दायाँ बाँया किनारमा फोहोर नगर्ने र नियमित सफाई गर्ने आश्वासन दिएको उनको भनाई छ । ‘महानगरपालिकाका जिम्मेवार अधिकारीले नियमित सफाई गर्छौ, फोहोर फाल्दैनौं भनेका छन् । निरन्तर फलोअप गर्छौ ।’ श्रीवास्तवले अगाडी भने ‘ बिहान बाहिरबाट भ्रमणका लागि आएका विद्यार्थी र अन्य पाहुना खुशी भएर गएका छन् ।’


नुवाकोटबाट वीरगञ्ज आएका शंकर न्यौपानेले ‘गेट वे अफ नेपाल’ सफा हुनु गौरबको विषय भएको बताए । ‘ अति नै गौरबको कुरा हो, सन २०२० लाई सरकारले भ्रमण वर्षको घोषणा गरेको छ । यो सीमा नाका हो । ईज्जतको सवाल छ । ’ न्यौपानेले भने ‘ पहिला आउँदा सफा थिएन, अहिले निकै राम्रो देखे । ’

 


नेपाल भित्रिने पर्यटकलाई नाकादेखि नै मनमोहित बनाउन नका क्षेत्र सफा र मनोरम हुनुपर्ने तर्क उनको छ ।
सो समुहमा श्याम सरार्फ, करण यादव, राजा रौनियार, बिनय गुप्ता, कम्लेश कुश्ववाहा, नुतन सरावगी, सुशिला पौडेल, देवेस गुप्ता, अनिल हजरा, सेशकुमार हजरा, बिक्की सरार्फ, अनिस कुश्वाहा, किस्सु सरार्फ लगायत १८ जनाको सक्रियता रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

महासेठ दम्पती पत्रकार सामु, भने जनकपुरको बिकासका बाधक नीधि हुन

जनकपुरधाम ।नेकपा एमालेका सचिव बिदेश बिभाग प्रमुख एवं पूर्व उपप्रधानमन्त्री रघुविर महासेठले नेपाली कांग्रेसका नेता बिमलेन्द्र नीधि बिकास बिरोधी भएको बताएका छन ।

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.