logo

सांसद खत्रीको अभिव्यक्ति अशोभनीय र अमर्यादित भएको पत्रकार महासंघको ठहर

 इसीमाना सम्वाददाता     २०८३ असोज १५ गते ०८: ०६ मा प्रकाशित     55   पटक पढिएको

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य राजीव खत्रीले पत्रकारिता क्षेत्र र महासंघलाई जोडेर दिएको अभिव्यक्ति अशोभनीय, अमर्यादित र अराजक भएको जनाएको छ।

 

महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार जारी गरेको विज्ञप्तिमा यही असोज १४ गते प्रतिनिधिसभाको बैठकमा सांसद खत्रीले प्रेस काउन्सिल र पत्रकारलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

 

खत्रीले प्रेस काउन्सिललाई धम्क्याउने पत्रकार हुन् कि गुण्डा भन्दै पत्रकारको नाममा कसैलाई पनि ‘असनको साँढे’ बन्ने छुट नभएको अभिव्यक्ति दिएको महासंघले जनाएको छ।

 

 साथै, महासंघका नेताहरू दलहरूको दलदलमा पसेर गुण्डागर्दीको भाषा बोलिरहेको भन्ने खत्रीको अभिव्यक्तिप्रति पनि महासंघले आपत्ति जनाएको छ।

 

महासंघले सांसद खत्रीको उक्त अभिव्यक्ति प्रेस तथा पत्रकारिता क्षेत्रप्रति आपत्तिजनक रहेको भन्दै खेद व्यक्त गरेको छ। महासंघले खत्रीलाई आफ्नो अभिव्यक्तिप्रति क्षमा माग्न आग्रह गरेको छ।

 

विवादित अभिव्यक्तिपछि खत्रीले शुक्रबारका लागि आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम भक्तपुरका पत्रकारहरूले बहिष्कार गर्ने जनाएका कारण तत्काल क्षमा माग्नुपर्ने अवस्था देखिएको महासंघको विज्ञप्तिमा उल्लेख छ।

 

महासंघले सांसद खत्रीको उक्त अभिव्यक्ति प्रतिनिधिसभाको अभिलेखबाट हटाउन सभामुखसमक्ष माग गरेको छ।

 

 साथै, पत्रकार र प्रेस जगतलाई धम्क्याउने वा अपमानित गर्ने कार्यमा संलग्न सांसद खत्रीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसँग माग गरेको छ।

 

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको सम्मान गर्नसमेत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.