logo

पत्रकारको हत्यामा संलग्न दोषीहरुलाई कारवाही गर्न माँग 

      11/24/2019 गते 00 00 मा प्रकाशित     951   पटक पढिएको

वीरगंज ।नेपाल पत्रकार महासंघ प्रदेश २ का कार्यवाहक अध्यक्ष के.सी.लामिछानेले मुलुकमा बिभिन्न काल खण्डमा मारिएका पत्रकारहरुका हत्यामा संलग्न दोषीहरुलाई कारवाहीको दायरमा ल्याउन माँग गर्नु भएको छ ।

 

 दण्डहिनता विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आज वीरगंजमा प्रेस स्वतन्त्रता र्‍याली पछि आयोजना गरिएको कोण सभामा कार्यवाह अध्यक्ष लामछिानेले हत्यारहरु खुलम खुला हिडिरहने अवस्था रहेकोले सरकार कानून ब्यवस्था बाहाल गराउन चुकेको बताउनु भयो ।

 

उहाँले द्वण्दकालदेखी अहिले सम्म ३७ पत्रकार मारिएका ५ बेपत्ता परिएको भन्दै ३२ वटा घटनाका दोषीहरु कानूनी दायर भन्दा बाहिर रहेकोले चरम दण्डहिनताको अवस्था रहेको बताउनु भयो । उहाँले दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न नेपाल सरकारसंग माँग गर्नु भयो ।

 

 उहाँले प्रेस स्वतन्त्रताको घटना बढदै गएको प्रति चिन्ता व्यक्त्त गर्दै पेशागत चुनौतीहरु पनि  छन्, अझै पत्रकारहरुले सुरक्षित महसुस गरिरहेको अवस्था नरहेको बताउनु भयो। विगतमा २७ जना पत्रकारको हत्या भए पनि अझै पिडितले न्याय पाइसकेका छैनन्, राज्यले दोषीलाई दण्डदिएको अवस्थामा मात्र जनताले दण्डहिनता  कम भएको महसुस गर्ने अवस्था आउने बताउनु भयो ।


वीरगंजको घण्टाघरबाट निस्केको र्‍याली माईस्थान, महाबिरस्थान, आदर्शनगर, घडिअर्वा हुदै पुन घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा नेपाल मानव अधिकार संगठन पर्साका पूर्व अधिवक्ता अध्यक्ष कमल मोहन पोख्रेलले कानुन बमोजिमको शासन संचालन भएकोलाई नै दण्डहिनता नभएको भन्न सकिने वताउदै मुलुकमा अवस्था यस्तो नरहेको प्रष्ट पार्नु भयो ।

उहाँले  बीरेन्द्र साहका हत्यराहरुलाई कारवाही भयो ? भन्ने प्रतिप्रश्न गर्दै दण्डहिनताको यो अवस्था अन्त्य हुनु पर्ने बताउनु भयो । बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई समग्र उधोग ट्रेड युनियनका केन्द्रीय सदस्य गीता भण्डारीले दण्डहिनताको अन्त्यको माँग गर्नु भएको थियो ।  कार्यक्रमको संचालन पत्रकार महासंघ प्रदेश २ का सचिव गुरु प्रसाद गौतमले गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.