logo

पत्रकारको हत्यामा संलग्न दोषीहरुलाई कारवाही गर्न माँग 

      11/24/2019 गते 00 00 मा प्रकाशित     822   पटक पढिएको

वीरगंज ।नेपाल पत्रकार महासंघ प्रदेश २ का कार्यवाहक अध्यक्ष के.सी.लामिछानेले मुलुकमा बिभिन्न काल खण्डमा मारिएका पत्रकारहरुका हत्यामा संलग्न दोषीहरुलाई कारवाहीको दायरमा ल्याउन माँग गर्नु भएको छ ।

 

 दण्डहिनता विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आज वीरगंजमा प्रेस स्वतन्त्रता र्‍याली पछि आयोजना गरिएको कोण सभामा कार्यवाह अध्यक्ष लामछिानेले हत्यारहरु खुलम खुला हिडिरहने अवस्था रहेकोले सरकार कानून ब्यवस्था बाहाल गराउन चुकेको बताउनु भयो ।

 

उहाँले द्वण्दकालदेखी अहिले सम्म ३७ पत्रकार मारिएका ५ बेपत्ता परिएको भन्दै ३२ वटा घटनाका दोषीहरु कानूनी दायर भन्दा बाहिर रहेकोले चरम दण्डहिनताको अवस्था रहेको बताउनु भयो । उहाँले दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न नेपाल सरकारसंग माँग गर्नु भयो ।

 

 उहाँले प्रेस स्वतन्त्रताको घटना बढदै गएको प्रति चिन्ता व्यक्त्त गर्दै पेशागत चुनौतीहरु पनि  छन्, अझै पत्रकारहरुले सुरक्षित महसुस गरिरहेको अवस्था नरहेको बताउनु भयो। विगतमा २७ जना पत्रकारको हत्या भए पनि अझै पिडितले न्याय पाइसकेका छैनन्, राज्यले दोषीलाई दण्डदिएको अवस्थामा मात्र जनताले दण्डहिनता  कम भएको महसुस गर्ने अवस्था आउने बताउनु भयो ।


वीरगंजको घण्टाघरबाट निस्केको र्‍याली माईस्थान, महाबिरस्थान, आदर्शनगर, घडिअर्वा हुदै पुन घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा नेपाल मानव अधिकार संगठन पर्साका पूर्व अधिवक्ता अध्यक्ष कमल मोहन पोख्रेलले कानुन बमोजिमको शासन संचालन भएकोलाई नै दण्डहिनता नभएको भन्न सकिने वताउदै मुलुकमा अवस्था यस्तो नरहेको प्रष्ट पार्नु भयो ।

उहाँले  बीरेन्द्र साहका हत्यराहरुलाई कारवाही भयो ? भन्ने प्रतिप्रश्न गर्दै दण्डहिनताको यो अवस्था अन्त्य हुनु पर्ने बताउनु भयो । बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई समग्र उधोग ट्रेड युनियनका केन्द्रीय सदस्य गीता भण्डारीले दण्डहिनताको अन्त्यको माँग गर्नु भएको थियो ।  कार्यक्रमको संचालन पत्रकार महासंघ प्रदेश २ का सचिव गुरु प्रसाद गौतमले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.