logo

यातायात ब्यवस्था कार्यालय बीरगंजमा अनलाईन अफलाईनमा हजारौको चलखेल,पैसा दिनेले छिटै अवसर पाउने, सेवाग्राही मर्कामा

 इसीमाना सम्वाददाता     २०७८ भदौ २९ गते ०६: ४५ मा प्रकाशित     1222   पटक पढिएको

यातायात कार्यालय बीरगंजमा ( सवारी चालक अनुमतीपत्र) घुस नदिई काम गर्न गा¥हो भएको सेवाग्राहीले गुनासो गरेका छन ।

 

घुस दिएपछि कानूनले गर्न नमिल्ने काम पनि हुने तर घुस नदिने हो भने काम नगरिदिने प्रवृति बढेको भन्दै सेवाग्राहीले रोष प्रकट गर्न थालेका छन ।

 

सवारी चालक अनुमती पत्र लिनकालागि बिभागले अनलाईन फारम भर्ने ब्यवस्था मिलाएको छ । सवारी चालक अनुमतीपत्र लिन, पुरा गर्नु पर्ने लिखित परिक्षा, ट्रायल जस्ता काम आजको मितिमा अनलाईन फारम भर्दा करिब २ वर्षपछि मात्र पालो आउने गरि सर्भरले नै तोक्छ ।

 

यातायात ब्यवस्था कार्यालयमा नाजायज रुपमा आर्थिक अपचलन गर्न खप्पीस केही अधिकृत कर्मचारी र बिचौलीयाले अनलाईन फर्म दर्ता गर्नेहरुलाई सर्भरले तोकेको म्याद भन्दा अगाडि नै परिक्षामा सभागि हुन मिल्ने गरि बायोमेट्रिक तान्ने गरेका छन ।

 

यो गर्दा उनीहरुले प्रति फारम ५ हजार रुपैया लिने गरेका छन । यसरी असुल गरिएको ५ हजार मध्य १ हजार ५ सय भने बिचौलीयाले लिने गरेका छन । यो काममा भर्खर सरुवा भएर आएका तर यातायात ब्यवस्था कार्यालयका खग्गु अधिकृत कमलराज गौतमले नेतृत्व लिएका छन ।

 

गौतमले यो कामकालागि सन्तोष र रुस्तम नाम गरेका बिचौलीया परिचालन गरेका छन । कार्यालय प्रमुख सुशिल साहले पनि फिरोज नामका बिचौलीया मार्फत यो काम गर्दै आएको स्रोतको दावी छ । 


गौतम तिनै अधिकृत हुन जो २०७४ पुष २६ गते भ्रष्टाचारको आरोपमा निलीम्वत भएका थिए । त्यतीबेला गैर कानूनी रुपमा भारतीय सवारी चालक अनुमतीपत्र नेपाली करण गरेको र त्यसको अभिलेख समेत नराखी बदनीयतका साथ नेपााल सरकारलाई हानी नोक्सानी पु¥याउने काममा संलग्न भएको बन्दै गौतमबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा उजुरी दर्ता गरेको थियो ।

 

उनलाई त्यतीबेलै “भ्रष्टाचारको जननीको” उपमा दिने गरिएको थियो । उनी त्यही दिनबाट निलम्वित भएका थिए । निलम्वनबाट फूकुवा पाउन गौतम एक्लैले ८ करोड रुपैया खर्चिएको स्रोतको दावी छ ।  फूकुवा पछि गौतम फेरी बीरगंज आइपुगेका छन ।

 

सवारी चालक अनुमती पत्रको फारम भर्दा  २९ मार्च २०२२ मा परिक्षाको मिति तोकिएका परिक्षार्थीलाई प्रति परिक्षार्थी ५ हजार लिएर अगाडिको मितिमा तान्ने कम अहिले भरमार रुपमा चलेको छ । आइतवार सोमवार मंगलवार गरि तीन दिनमा त्यसरी मिति सारिएका ६ वटा परिक्षार्थीको प्रमाण इसीमाना डटकमको कार्यालयमा आइपुगेको छ ।

 

कार्यालय प्रमुख सुशिल साहले बिभागले यस्तो कुरामा कडा निगरानी राखेको दावी गरे । तर उनले अनलाईन सर्भरको पासवर्ड सबै अधिकृतहरुमा बितरण गरिएकोले कसैले त्यस्तो गरेको भए आफूलाई थाहा नभएको भन्दै त्यस्तो भएको हुन सक्ने संकेत गरे ।

 

प्रदेश सरकारको मातहतमा रहेको  बीरगंजको यातायात ब्यवस्था कार्यालयमा मंत्रालय र बिभागका हाकीमहरुलाई रिजाउन सक्नेहरु लामो समयदेखी  कार्यरत रही आएका छन । अनलाईन भरिएको फारममा मात्र रकमी चलखेल भएको छैन ।

 

अफलाईन फारम भर्दा समेत ५ हजार रुपैया लिने गरिएको स्रोतको दावी छ । अफलाईन फारम भर्दा अहिले नियमित रुमा शुरु भइरहेको परिक्षामा सामेल हुने गरि फारम भर्ने गरिएको छ । साह र गौतमको जोडीले नाजायज रुपमा आर्थिक दोहन गर्दै बिचौलीयाको समेत सिण्डिगेट खडा गरेर काम गरेको भन्दै अन्य बिचौलीया समेत रिसाउन थालेको स्रोतको भनाई छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.