logo

यातायात मजदुर र अस्पतालका कुरुवालाई लकडाउन भरि खाना ख्वाइने 

      3/27/2020 गते 00 00 मा प्रकाशित     916   पटक पढिएको

बीरगंज १४ चैत । कोरोना भाइरस अर्थात कोविड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लक डाउनका कारण वीरगंजको बसपार्कमा अलपत्र परेका सवारी चालक, सहचालक तथा यात्रुहरुलाई बिभिन्न संघ संस्थाहरुले खाजा ख्वाएका छन ।

वीरगंज युवा समाज  र राष्ट्रीय युवासंघले बसपार्कमा रहेका ६० जना चालक, सहचालक तथा यात्रुहरुलाई आज खाजा ख्वाएका हुन ।

यस्तै लकडाउनको चौथो दिन शुक्रबारदेखी अलपत्र परेका चालकहरुलाई लकडाउन सम्म वीरगन्ज महानगरपालिकाले खाना ख्वाउने जिम्मा लिएको महानगरपालिकाले जनाएको छ ।  

यस्तै बसपार्कमा लक डाउन भएदेखि भोकभोकै बस्दै आएकाहरुलाई आजदेखि भने वीरगंज महानगरपालिकाले नै खानाको व्यवस्था मिलाउने भएको छ । महानगरपालिकाको समन्वयमा स्थानीय व्यवसायी तथा समाजसेवीहरुको संयुक्त सहयोगमा बसपार्क भित्रै सामूहिक मेस सञ्चालन गरेर उनीहरुलाई खानाको व्यवस्था मिलाउन लागिएको हो ।  


लक डाउनका कारण दैनिक ज्यालादारी गर्ने र विभिन्न ठाउँमा जान नपाएर बसपार्कमै  रोकिएकाहरु मर्कामा परेका छन् । 

यसअघि वीरगंजको नारायणी अस्पतालमा आउने बिरामीका कुरुवाका लागि अस्पतालमा नै खाना खाने व्यवस्था मिलाएको थियो । लक डाउनका कारण कुनै पनि होटल तथा पसलहरु नखुलेकाले अस्पतालमा उपचारका लागि आउने बिरामीका कुरुवा भोक भोकै बस्नुपर्ने बाध्यता आएपछि वीरगंज महानगरपालिका वडा नम्वर ४ का वडाअध्यक्ष जगत साहको पहलमा अस्पतालमा आउने बिरामीका कुरुवाहरुलाई खानाको प्रबन्ध मिलाइएको हो ।

 

विरामीलाई अस्पतालले नै खानाको प्रवन्ध गर्दै आएको भए पनि यस अघि विरामी कुरुवाले भने आफै खानाको प्रवन्ध मिलाउनु पर्ने थियो । लक डाउन अवधीभर भने अस्पतालमा आउने बिरामीका कुरुवालाई खानाको व्यवस्था रहने वडा अध्यक्ष साहले बताउनुभयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.