logo

जरुरतमंद नागरिकको घरदैलोमा खाद्यन्न पुर्याउने बीरगंज महानगरको तयारी 

      3/27/2020 गते 00 00 मा प्रकाशित     1309   पटक पढिएको

बीरगंज  १४ चैत। 
बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले महानगर भित्र गरिव  असाय नागरिकलाई उनीहरुकै घर दैलोमा खाद्यन्नको ब्यवस्था गरिने बताउनु भएको छ ।

आफनो फेसबुक पेजमा आज एक सन्देश जारी गर्दै महानगर प्रमुख सरावगीले त्यसको लागि कार्यविधि पनि सार्वजनीक गर्नु भएको छ ।

खाद्य आवश्यकता भएका सीमान्तकृत नागरिकले सम्बन्धीत वडाध्यक्षलाई आफनो नाम दर्ता गराउनु पर्ने छ । दर्ता अनुसार प्राप्त भएको बिववरणको आधारमा बीरगंज महानगरपालिकाले अधिकृत स्तरको कर्मचारीको सहभागितामा र वडाध्यक्षको रोहवरमा सम्बन्धीत ब्यक्तिको घरदैलोमा खाद्य सामाग्री पु¥याउने कार्यविधि समेत सार्वजनीक गर्नु भएको छ । 

उहाँले बीरगंज महानगरपालिकाद्वारा बेला बेलामा  जारि गरिएका कोरोना (कोभिड १९) सक्रमणबाट बच्ने  उपायहरुको पालन गरि आफु, आफ्नो परिवार र सामाजलाई जोगाउन योगदान दिन समेत महानगरवासीसंग आग्रह गर्नु भएको छ ।

कोरोना संक्रमणको औषधी र उपचार छैन । संक्रमण फैलिन नदिनु नै उत्तम उपचार भएकोले महानगर प्रमुख सरवागीले महानगरवासीसंग कुनै पनि प्रयोजनकोलागि घर बाहिर निस्कदा व्यक्ति व्यक्ति बीच कम्तिमा ३ फिटको दुरी कायम गरिदिन अनुरोध गर्नु भएको छ ।

पसलका संचालकहरुलाई समेत ग्राहकरुको न्यूनतम दुरी ३ फिट हुने कुरा सुनिश्चित गर्न उहाँले आग्रह गर्नु भएको छ । उहाँले जुन पसलमा  भिडभाड हुन्छ त्यस्ता पसल बन्द गरि तथा पसल धनि र भिडभाड गर्ने ग्राहकलाई कानुन बमोजिम कारवाही गरिने समेतको जानकारी गराउनु भएको छ ।

एउटै कुरा पटक पटक आग्रह गर्नु पर्ने भएकोले महानगरले केही कडा ब्यवस्था गरेको छ । पसल संचालकको कारवाहीको बिषय पनि त्यही भएको प्रमुख सरावगीले बताउनु भयो ।


उहाँले चिकित्सकको पूर्जी लिएर मात्र औषधी किन्न बजारमा निस्कन,एक टोल एक वार्डका नागरिकअर्को टोल अर्को वडामा नजान,हरेक वडाका किराना पसलहरु बिहान ११ देखी दिउसो ३ बजे सम्म खोल्न,दुधको पसल बिहान ५ बजे देखि दिउसो ३ बजे सम्म,तरकारी पसल बिहान ५ बजे देखि बिहान ९ बजे सम्म खोल्न उहाँले अपिल गर्नु भएको छ ।


तरकारी पसलहरु खुल्ला ठाउँमा र ठेलामा संचालन गर्न नपाइने।तरकारीको बिक्रीवितरण पसल र सटरहरुबाट मात्र वा वडा अध्यक्षले निर्धारण गरेको ठाउँबाट मात्र संचालन गर्न पाइने उहाँले जारी गरेको सन्देशमा उल्लेख छ।

ग्यासको डिपो निर्वाद्ध रुपमा खोल्ने। ग्यास सिलिन्डर टोकन प्रणाली द्वारा वितरण गरिने र जनप्रतिनिधिको समन्वयमा ग्यासको बिक्रीवितरण गर्ने व्यवस्था मिलाउने महानगर प्रमुखले जारी सन्देशम उल्लेख गर्नु भएको छ । 
महानगर प्रमुख सरावगीले खाद्यन्न,तरकारी खरिद गर्न सवारी साधन प्रयोग नर्गन ,सर समान खरिद  गर्ने पसलमा भिड नगर्न थोक र खुद्रा तथा तरकारी बिक्रेताहरुलाई साँझ ६ बजे भित्र आफनो सामानको आपूर्ती गरिसक्न ,औषधी पसल खुला राख्न सन्देश मार्फत आग्रह गर्नु भएको छ ।

उहाँले सन्देश मार्फत नै  विदेश र बाहिर बाट आएका तथा कोरोना ९कोभिड १९० सक्रमणका शंकास्पद व्यक्तिको बारेमा सम्बन्धित वडाका जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउन हुन अनुरोध गर्नु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.