logo

जरुरतमंद नागरिकको घरदैलोमा खाद्यन्न पुर्याउने बीरगंज महानगरको तयारी 

      3/27/2020 गते 00 00 मा प्रकाशित     1465   पटक पढिएको

बीरगंज  १४ चैत। 
बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले महानगर भित्र गरिव  असाय नागरिकलाई उनीहरुकै घर दैलोमा खाद्यन्नको ब्यवस्था गरिने बताउनु भएको छ ।

आफनो फेसबुक पेजमा आज एक सन्देश जारी गर्दै महानगर प्रमुख सरावगीले त्यसको लागि कार्यविधि पनि सार्वजनीक गर्नु भएको छ ।

खाद्य आवश्यकता भएका सीमान्तकृत नागरिकले सम्बन्धीत वडाध्यक्षलाई आफनो नाम दर्ता गराउनु पर्ने छ । दर्ता अनुसार प्राप्त भएको बिववरणको आधारमा बीरगंज महानगरपालिकाले अधिकृत स्तरको कर्मचारीको सहभागितामा र वडाध्यक्षको रोहवरमा सम्बन्धीत ब्यक्तिको घरदैलोमा खाद्य सामाग्री पु¥याउने कार्यविधि समेत सार्वजनीक गर्नु भएको छ । 

उहाँले बीरगंज महानगरपालिकाद्वारा बेला बेलामा  जारि गरिएका कोरोना (कोभिड १९) सक्रमणबाट बच्ने  उपायहरुको पालन गरि आफु, आफ्नो परिवार र सामाजलाई जोगाउन योगदान दिन समेत महानगरवासीसंग आग्रह गर्नु भएको छ ।

कोरोना संक्रमणको औषधी र उपचार छैन । संक्रमण फैलिन नदिनु नै उत्तम उपचार भएकोले महानगर प्रमुख सरवागीले महानगरवासीसंग कुनै पनि प्रयोजनकोलागि घर बाहिर निस्कदा व्यक्ति व्यक्ति बीच कम्तिमा ३ फिटको दुरी कायम गरिदिन अनुरोध गर्नु भएको छ ।

पसलका संचालकहरुलाई समेत ग्राहकरुको न्यूनतम दुरी ३ फिट हुने कुरा सुनिश्चित गर्न उहाँले आग्रह गर्नु भएको छ । उहाँले जुन पसलमा  भिडभाड हुन्छ त्यस्ता पसल बन्द गरि तथा पसल धनि र भिडभाड गर्ने ग्राहकलाई कानुन बमोजिम कारवाही गरिने समेतको जानकारी गराउनु भएको छ ।

एउटै कुरा पटक पटक आग्रह गर्नु पर्ने भएकोले महानगरले केही कडा ब्यवस्था गरेको छ । पसल संचालकको कारवाहीको बिषय पनि त्यही भएको प्रमुख सरावगीले बताउनु भयो ।


उहाँले चिकित्सकको पूर्जी लिएर मात्र औषधी किन्न बजारमा निस्कन,एक टोल एक वार्डका नागरिकअर्को टोल अर्को वडामा नजान,हरेक वडाका किराना पसलहरु बिहान ११ देखी दिउसो ३ बजे सम्म खोल्न,दुधको पसल बिहान ५ बजे देखि दिउसो ३ बजे सम्म,तरकारी पसल बिहान ५ बजे देखि बिहान ९ बजे सम्म खोल्न उहाँले अपिल गर्नु भएको छ ।


तरकारी पसलहरु खुल्ला ठाउँमा र ठेलामा संचालन गर्न नपाइने।तरकारीको बिक्रीवितरण पसल र सटरहरुबाट मात्र वा वडा अध्यक्षले निर्धारण गरेको ठाउँबाट मात्र संचालन गर्न पाइने उहाँले जारी गरेको सन्देशमा उल्लेख छ।

ग्यासको डिपो निर्वाद्ध रुपमा खोल्ने। ग्यास सिलिन्डर टोकन प्रणाली द्वारा वितरण गरिने र जनप्रतिनिधिको समन्वयमा ग्यासको बिक्रीवितरण गर्ने व्यवस्था मिलाउने महानगर प्रमुखले जारी सन्देशम उल्लेख गर्नु भएको छ । 
महानगर प्रमुख सरावगीले खाद्यन्न,तरकारी खरिद गर्न सवारी साधन प्रयोग नर्गन ,सर समान खरिद  गर्ने पसलमा भिड नगर्न थोक र खुद्रा तथा तरकारी बिक्रेताहरुलाई साँझ ६ बजे भित्र आफनो सामानको आपूर्ती गरिसक्न ,औषधी पसल खुला राख्न सन्देश मार्फत आग्रह गर्नु भएको छ ।

उहाँले सन्देश मार्फत नै  विदेश र बाहिर बाट आएका तथा कोरोना ९कोभिड १९० सक्रमणका शंकास्पद व्यक्तिको बारेमा सम्बन्धित वडाका जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउन हुन अनुरोध गर्नु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.