logo

खाद्यन्न बोकेर बीरगंज महानगर प्रमुख नागरिकको घरदैलोमा

      3/28/2020 गते 00 00 मा प्रकाशित     1937   पटक पढिएको

बीरगंज  १५ चैत। 

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले महानगर भित्र गरिव  असाय नागरिकलाई उनीहरुकै घर दैलोमा पुगेर खाद्यन्न हस्तान्तरण गर्नु भएको छ ।

 

महानगर प्रमुख सरावगीले पूर्व प्रतिवद्धता अनुरुप नै आज शनिवार सीमान्तकृत नागरिकको दैलोमा पुगेर खाद्यन्न हस्तान्तरण गर्नुृ भएको हो । 

बीरगंज महानगरपालिकाको वडा नं ३ का १ सय १७ परिवारलाई र वडा नं १२ का ७३ परिवारलाई खाद्य सामाग्री बितरण गर्नु भएको बीरगंज महानगरपालिकाले जनाएको छ । खाद्य समाग्रीमा प्रति परिवार साढे २ किलो चामल,आलु दाल,नून ,तेल र चाउचाउको प्याकेट रहेको छ ।


महानगरप्रमुख सरावगीले हिजो शुक्रवार एक सन्देश जारी गरि महानगरवासीलाई घरमै बस्न अपिल गर्दै आवश्यकता भएका सीमान्तकृत नागरिकको घरमै खाद्य समाग्री पठाइने घोषणा गर्नु भएको थयो । 


“खाद्य आवश्यकता भएका सीमान्तकृत नागरिकले सम्बन्धीत वडाध्यक्षलाई आफनो नाम दर्ता गराउनु पर्ने छ । दर्ता अनुसार प्राप्त भएको बिवरणको आधारमा बीरगंज महानगरपालिकाले  सम्बन्धीत ब्यक्तिको घरदैलोमा खाद्य सामाग्री पु¥याउने  छ ” हिजो प्रमुख सरावगीले जारी गर्नु भएको सन्देशमा उल्लेख थियो । 


कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि महानगरले यस्तो कदम उठाएको हो । ब्यक्ति ब्यक्ति वीचको सम्पर्कका कारण  भाइरसको संक्रमण सर्ने भएकोले नागरिकलाई एक अर्काको सम्पर्कमा  जाने अवस्था अन्त्यकालागि महानगरले खाद्य आवश्यकता भएका श्रमजीवी नागरिकलाई घरमै खाद्यन्न पठाउन थालेको हो । 


प्रमुख सरवागीले संक्रमण फैलिन नदिनकालागि महानगरवासीलाई घरमै बस्न आग्रह गर्नु भएको छ । यो बिषम परिस्थितिको बेला हो उहाँले भन्नु भयो दुःख झेलेरै भएपनि कष्ट सहेर भएपनि महामारी बिरुद्धको लडाईमा सबैलाई सचेतता पूर्वक लाग्न समेत उहाँले अपिल गर्दछु ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.