logo

कोभिड १९ संग लडन नेपाललाई अमेरिकाको १८ लाख डलर सहयोग

      3/28/2020 गते 00 00 मा प्रकाशित     707   पटक पढिएको

काठमाण्डौ १५ चैत । कोरोना भाइरससंग जुधिरहेको अमेरिकाले (कोभिड १९) सँग लड्न नेपाललाई करिब १८ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।

अमेरिकाले शनिवार ६४ देशलाई १ सय ७४ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको हो।

भाइरसबाट अति जोखिममा रहेका राष्ट्रहरुलाई युनाइटेड स्टेट एजेन्सी फर इन्टरनेश्नल डेभलप्मेन्ट (युएसएआइडी) बाट सहयोग रकम प्राप्त हुनेछ। डिपार्टमेन्टले भाइरसको आउटब्रेकसँग जुध्न दक्षिण एसियाली राष्ट्रहरुलाई १ मिलियन अमेरिकी डलर सहयोग समेत गर्नेछ।

जसअन्गर्गत नेपालले १८ लाख अमेरिकी डलर सहयोग पाउने भएको हो। सहयोग अन्तर्गत भारतले २९ लाख, बंगलादेशले ३४ लाख, श्रीलंकाले १३ लाख र अफगानिस्तानले ५० लाख अमेरिकी डलर पाउनेछन्।

युएसएआइडीका सहायक प्रशासक बोनी ग्लिकले भाइरसविरुद्ध लड्न घोषणा भएको नयाँ सहयोगले जनस्वास्थ्यको क्षेत्रमा अमेरिकाको सबैभन्दा ठूलो द्विपक्षीय सहयोग बताएका छन्। अमेरिकाले दशकौंदेखि विभिन्न देशहरुलाई जनस्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै उनले यसबाट धेरैको ज्यान बच्नुका साथै स्वास्थ्य क्षेत्रमा सुधार हुने बताए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.