logo

लकडाउनको अवज्ञा गर्दा  हावा खाने बगैचाबाट एकैचोटी हिरासतमा

      3/30/2020 गते 00 00 मा प्रकाशित     981   पटक पढिएको

बीरगंज १७ चैत । विश्वव्यापी रुपमा फैलिएको (कोभिड १९ )कोरोना भाइरस को महामारी दिनदिनै बढदै गइरहेको छ ।

 

महामारी नियन्त्रण गर्न सरकारले लकडाउन घोषण गरेको छ । सामाजिक दुरी कायम गर्न आग्रह गरिहेको छ । तर नागरिकले सरकारी पहललाई अवज्ञा गरिरहेका छन ।

लकडाउन अवज्ञा गरेर जुवा खेलेर बस्नेहरुलाई पर्साको  जिराभवानी गाउँपालिकाको  सखुनिया टोलको बगैचाबाट प्रहरीले पक्राउ गरेको छ ।

फुलबारीमा ११ जनाको संख्यामा भेला जम्मा भई जुवातास खेलिरहेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले जुवाको खालबाट ५७हजार ,२सय ९० सहित जुवाडेहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिराभवानी गा.पा.वडा नं.५ बस्ने बर्ष २८ को धर्मराज पंजियार ।

 


 बर्ष ३२ को सुरेश प्रसाद थारू , बर्ष ३० को बिनोद चौधरी ,बर्ष ३० को बिनय थारु ,वर्ष ३० को गोबिन्द कुमार थारू ,  बर्ष ३० को ओझैया थारु ,बर्ष ३५ को शिव शंकर नुनिया , बर्ष ३१ को सुर्य नारायण पंजियार , बर्ष ३२ को हरिस्वर प्रसाद दहेत ,बर्ष ४८ को शिव जनक गौरो  र  बर्ष ३५ को बिरेन्द्र प्रसाद चौधरी रहेका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरसातमा राखी कारवाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.