logo

पटेर्वामा क्वारेन्टाइन तयार,बिदेशबाट आउनेहरु निगरानीमा,खाद्य सामग्री तयारी अवस्थामा

      3/30/2020 गते 00 00 मा प्रकाशित     1642   पटक पढिएको

बीरगंज १७ चैत । पर्साको पटेर्वा सुगौली गाउँ पालिकाले १०  बेडको क्वारेनटाईन  तयार भएको जनाएको छ ।

 

पालिकाको वडा नं २ गादीको लक्ष्मीपुरमा रहेको श्री नेपाल राष्ट्रीय आधारचभूत बिद्यालयमा ५ बेडको र श्री नेपाल राष्ट्रीय माध्यामिक बिद्यालय निचुटामा ५ बेडको क्वारेन्टाइन तयार भएको पालिकाका अध्यक्ष हरिनारायण चौधरीले बताउनु भयो । 

क्वारेन्टाइनमा रहने ब्यक्तिहरुकालागि खाना,खाजा पानी अलग शौचालय र स्वास्थ्यकर्मीहरुको निगरानी प्राप्त हुने वडा नं २ का वडाध्यक्ष बिजग गैरेले बताउनु भयो । 

 

 बिश्वब्यापी रुपमा महामारीको रुपमा रहेको कोरोना भाईरसको प्रकोप बढदै गईरहेकोले पालिकाले पूर्व तयारीको रुपमा १० बेडको क्वारेनटाईन तयार गरेको अध्यक्ष चौधरीको भनाई छ

। 

 लकडाउनका कारण श्रम गरेर खानेहरुका अप्ठयारो प्रति पनि ध्यानआकर्षण भएकोले प्रत्येक वडामा सिमांकृतहरुको समुदायको तथ्याकं संकल्न भईरहेको र केही दिनमै राहत सामग्रीहरु बितरण गर्ने चौधरीले बताउनु भयो । पालिकाले खाद्य सामाग्री तयारी अवस्थामा राखेको छ ।

 

पालिकाले उपलब्ध गराउने राहतमा गाउँघरका हुने खानोहरुले  पनि आश गरेकोले दैनीक ज्यालामा बाच्ने सीमान्तकृत नागरिकलाई राहत पुर्याउन चुनौती खडा भएको छ ।  

 

पटेर्वा सुगौलीमा पालिकाले बिदेश बसेर आएका नागरिकको बारेमा समेत निगरानी राखेको वडा नं २ मा चार जना बिदेशबाट आएका नागरिक सेल्फ क्वारेन्टाइनमा रहेको वडाध्यक्ष गैरेले बताउनु भयो । क्वारेन्टाइनमा रहेकाहरुलाई स्वास्थ्यकर्मीले समय समयमा चेकअप गर्ने गरेको उहाँले बताउनु भयो । 

पालिकामा कुनै किसिम्मको सरसमानको आपुर्तीमा कमी हुननदिने पालिकाले तयारी गरेको छ ।  बिदेश बाट आउनेहरुको निगरानी राख्न हरेक वडामा जनप्रतिनिधिहरुलाई निर्देश गरिएको अध्यक्ष चौधरीले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.