logo

नेपालमा कोरोनाको संक्रमण पहिलो चरणमा , सचेतना जगाउन सेना पनि निस्कने 

      3/30/2020 गते 00 00 मा प्रकाशित     823   पटक पढिएको

बीरगंज १७ चैत ।
जिल्ला बिपद ब्यवस्थापन समितिको सोमवार बीरगंजमा बसेको बैठकले लकडाउनलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ ।

 

त्यसकोलागि कम भन्दा कम आवत जावत गर्ने र त्यस सम्बन्धमा नेपाल सरकारले गरेको सबै आदेशरुको पूर्ण कार्यान्वयन गर्ने निर्णय भएको समितिका सदस्य सचिव ललितकुमार बस्नेतले जानकारी दिनु भयो । नेपाल प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेना समेतको संयुक्त टोलीले लकडाउनको प्रभावकारिताकालागि जनचेतना जगाउने छ ।

 

पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीको अध्यक्षता भएको बैठकमा  नेपाली सेनाका सहायक रथी अनुपजंग थापाले कोरोना संक्रमणको सन्दर्भमा बिशेष प्रकाश पार्नु भएको थियो ।

 

स्थानीय सरकारका प्रमुखहरु सामाजिक संघ संस्था र राजनीतिक दलका प्रमुखहरुको सहभागिता रहेको सो बैठकमा सहायक रथी थापाले नेपाल कोरोना भाइरस संक्रमणको पहिलो चरणमा रहेको बताउनु भएको थियो ।

 

संसारमा कोरोना भाइरसको संक्रमण स्पेन र इटालीमा भएको क्षती र भोग्नु परेका सामाजिक पीडाको दुश्य सहितको प्रस्तुतीले सबैलाई सोचमग्न बनाएको थियो ।

 

नेपाल पहिलो चरणमा रहेको चर्चा गर्दै रथी थापाले यही बेलामा कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न नेपालीले सक्ने र त्यसको लागि पूर्ण रुपमा लकडाउनको पालना गर्नु पर्ने बताउनु भयो । सामाजिक रुपमा दुरी कायम राख्ने र संक्रमणलाई फैलीन नदिन सावधानी अपनाउदा सम्म कोराना भाइरसको संक्रमण नियन्त्रणमा छ भन्न सकिन्छ उहाँले भन्नुभयो “तर संक्रमीत एक ब्यक्तिबाट अर्कोमा गयो भने त्यसले सामुदायीक सत्रमा संक्रमण फैलीन्छ र नेपाल जस्तो गरिब मुलुकले त्यसलाई कुनै पनि हालतमा नियन्त्रण गर्न सक्ने अवस्था रहदैन” ।

 

 
तर सामाजिक दुरीलाई कायम राख्न अपनाउनु पर्ने सावधानीका बिषयमा स्थानीय सरकार र स्थानीय प्रशासनकावीचमा एकमत कायम हुन सकेको छैन ।

 

 त्यसमाथि लकडाउनमा सुविधा सम्मन्न कोठामा बसेर साँसद र नेताहरुले यो नगर त्यो नगर भनेर जारी गर्ने बिज्ञप्तिहरुले पनि नागरिकमा अन्यौलता सृजना गरेको छ । यस्तो परिवेशमा सम्पन्न बैठकले लकडाउनलाई प्रभावकारी बनाउन लिएको निर्णय कसरी परिपालना हुन्छ त्यो भने हेर्न बाकी छ । 


बैठकले  बिदेशबाट आएका नागरिकको पहिचान गरि उनीहरुलाई क्वारेन्टाइनमा राख्न स्थानीय निकायहरुले जिम्मेवारी लिने गरि निर्णय गरेको छ ।

 

बैठकले कोरोना भाइरसको संक्रमणको परिक्षण बीरगंजमा गर्नु पर्ने ठहर गर्दै त्यसकोलागि केन्द्र सरकारसंग पहल गर्ने  निर्णय गरेको छ । बीरगंजमा नेपाल आर्युवेद मेडिकल कलेज र सिद्धार्थ माध्यामिक बिद्यालयमा गरि १ सय बेडको क्वारेन्टाइन तयारी अवस्था रहेको र त्यसलाई सुविधा सम्पन्न बनाउने निर्णय गरेको छ ।

 

आजको बैठकमा  आइसोलेशन वार्डलाई पिपीई सहितको सुविधा सम्पन्न बनाउने निर्णय त भएको छ । तर बिरामीको उपचार नगरि फर्काउने घटना बाहिर आएपछि नेशनल मेडिकल कलेजको आइसोलेशन वार्ड के हुन्छ भन्ने बिषयमा अन्यैेलता बढेको छ ।  

 

प्रदेश सरकारको आन्तरिक मामिला मंत्रालयबाट आएको ५० लाख रुपैयाको बारेमा बैठकमा जानकारी गराउनकासाथै त्यसको खर्च कोरोना भाइरस नियन्त्रणकालागि आवश्यक समाग्री र उपकरण खरिदमा खर्च गर्ने निर्णय भएको छ ।


राहत बितरणलाई ब्यवस्थित र बैज्ञानिक बनाउन एकद्वार प्रणालीमा ल्याउने निर्णय भएको समितिका सदश्स्य सचिव बस्नेतले जानकारी दिनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

काठमाण्डौ ।  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को संशोधन विद्येयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिने धारणा ब्यक्त गरेकी छिन ।

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.