logo

कन्चनपुरबाट गिरफ्तार जमाती दिल्ली मरकजमा सहभागि नभएको दावी

      4/1/2020 गते 00 00 मा प्रकाशित     1322   पटक पढिएको

बीरगंज २० चैत ।
प्रहरीले पटेर्वा सुगौली गाउँपालिका वडा नं १ कन्चनपुरबाट गिरफ्तार गरेका ब्यक्तिहरु दिल्लीको निजामुद्दीन मर्कजमा  भएको भेलामा सहभागी नरहेको बताइएको छ ।

 

उनीहरु फाल्गुन  ३ देखी ५ सम्म नेपालको सप्तरी जिल्लाको वोदेवरसाइन नगरपालिका–५, जाँजरमा भएको मुस्लिम समुदायको धार्मिक प्रवचन (आल्मी तब्लीगी इज्तिमा) मा सहभागी भएका ब्यक्तिहरु हुन । 

सोनवर्षाको कन्चनपुर स्थ्ति मस्जिदमा रहेको बेलामा कसैले दिल्लीबाट आएका जमाती भनेर दिएको सूचनाको आधारमा बिशेषत भारतीय महावाणिज्य दुतावासको इन्ट्रेस्टमा उनीहरुलाई प्रहरीले गिरफतार गरेको स्थानीय बुद्धिजीवीहरुको प्रतिक्रिया रहेको छ ।
सप्तरीको कार्यक्रमबाट बनेको जमातमा यो टोलीलाई बारा र पर्साका मस्जिदमा पुगेर रोजा नमाज गर्न लगाउने भगवानको महिमा सुनाउने जिम्मेवारी परेको थियो । गिरफ्तार गरिएका सबै रौतहट जिल्लाका हुन ।


जमातीहरु केही समय बीरगंजका मस्जिद र त्यसपछि कौवावन कटैया,देउरवाना, सोलखपुर ,बैरिया,कन्चनपुर र सोनवर्षाको मस्जिदमा रहेका थिए । जमातीहरुलाई रौतहट पठाउनकालागि वडाध्यक्ष फरमान मिया अन्सारीले रौतहटका प्रमुख जिल्ला अधिकारीसंग जमातीमा रहेका ब्यक्ति माफर्त कुरा पनि चलाउनु भएको थियो ।

 

तर सवारी अभावमा उहाँहरुलाई पठाउन सकिएको थिएन वडाध्यक्ष अन्सारीले भन्नु भयो “कसैले सूचना दियो उहाँहरुलाई प्रहरीले खोजी गरेपछि ट्रयाक्टरमा राखेर थाना सम्म पुर्याए ” । उनीहरुलाई अहिले बीरगंजको सिद्धार्थ माविमा तयार पारिएको क्वारेन्टाइनमा राखिएको छ ।

दिल्लीको निजामुद्दीन मर्कजमा भएको तीन दिने आन्तराष्ट्रिय जमातिहरुको भेलाबाट फैलिएको कोरोनाको सक्रमणको त्रास नेपालका सिमावर्ती जिल्लाहरुमा पनि फैलिएको छ ।

 

भारतीय संचार माध्यमहरुले नेपालका १९ जना जमातीहरुको सहभागीता रहेको समाचार सम्प्रषण गरेपछि अहिलेसम्म विश्व स्वास्थ्य संगठनको ग्रीनजोनमा रहेको नेपालमा पनि कोरोना रोगको सक्रमण फैलिने त्रास बढेको छ । भारतको उत्तराखन्ड प्रहरीले दिल्लीमा भएको जमातीहरुको नामवली सार्वजनिक गरेको छ ।

 

उत्तराखण्ड प्रहरीले सार्वजनिक गरेको नेपालीहरुको नामावली अनुसार चितवनको ११ जना, बाराको ४ जना रौतहटको २ जना, गोरखाका दुईजना र पर्साका एकजना रहेका छन् । चितवनका अधिकांश बकुलहरका रहेका छन् । पर्साको श्रीपुरका एकजना रहेका छन् ।


यसैवीच पटेर्वा सुगौली गाउँपालिका वडा ४ देउरिया बाँधको चेक पोवाईण्टबाट दिलीबाट घर फर्किएको ५ जना रातीको समयमा गाउँमा आउदै गरेको सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र गाउँ पालिकाका स्वास्थकर्मीको टोलीले नियन्त्रणमा लिई निचुटा क्वारेण्टाईनमा राखिएको पटेर्वासुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.