logo

प्रदेश २ मा थप दुई पिसीआर मेशिन तथा पचास भेन्टिलेटर जडानको निर्देशन

      4/2/2020 गते 00 00 मा प्रकाशित     990   पटक पढिएको

बीरगंज २० चैत ।कोरोना भाइरसको संक्रमण रोक्नकालागि प्रदेश २ को सरकारले मुख्यमंत्रीको नेतृत्वमा बनाएको निर्देशक समितिले प्रदेशका २ अस्पतालमा कोरोना भाइरस परिक्षण गर्ने पिसिआर थप्न निर्देशन दिएको छ । 

 


आजबाट प्रदेश नं २ मा संघीय सरकारले उपलब्ध गराएको पिसीआर मेशीन माफर्त कोराना भाइरसको परिक्षण हुने भएको छ । थ्रोट स्वाब परिक्षण शुरु भएकै दिन मुख्यमंत्री राउतकै नेतृत्वमा रहेको समितिले नरायणी उपक्षेत्रीय अस्पताल र बीरगंज र राजबिराजमा पिसीआर मेशिन जडान गर्न निर्देशन दिएको हो ।

 

यो निर्देशन सम्बन्धीत मंत्रालय र कार्यकारी समितिलाई दिइएको हो । सम्बन्धीत मंत्रालय भएको प्रदेशको सामाजिक बिकास मंत्रालय हो । प्रदेश मुख्यसचिवको नेतृत्वमा सबै मंत्रालयका सचिव रहेको समितिलाई कार्यकारी समिति भनिएको छ ।

 

मंत्रीपरिषदले निर्णय गरेर दिएपछि आर्थिक प्रक्रिया मिलाएर सम्पूर्ण रुपमा काम गर्न इजाजत दिइएकोले कायकारी समिति भएिको हो । कार्यकारी समिति र समबन्धीत मंत्रालयलाई तीन दिन पिसीआर र भेन्लिेटरको जडानको काम गरिसक्न आजको बैठकले निर्देशन दिएको हो ।

कोरोना महामारी नियन्त्रणका लागि गठित निर्देशक समितिले प्रदेशभरिमा ५० वटा भेन्टिलेटर  थप्न निर्देशन पनि  दिएको छ ।

निर्देशक समितिले दिएको निर्देशन अनुसार प्रादेशिक अस्पताल जनकपुरमा १०, नारायणी उपक्षेत्रीय अस्पताल विरगंजमा १० र अन्य जिल्ला अस्पतालहरुमा ५ ÷५ भेन्टिलेटर थप गरिने छ  । 


भेन्टिलेटर र पिसिआर खरिद प्रक्रिया तत्काल शुरु गर्न समेत निर्देशन दिइएको छ ।निर्देशन समितिको आज सम्पन्न बैठकमा विभिन्न मन्त्रालयका सचिवहरुले कोरोना महामारी नियन्त्रण तथा लकडाउनको अवस्था बारे जानकारी गराएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.