logo

बिरामीको उपचार नगर्नु मानवता बिरोधी अपराधीक काम होः नागरिक समाज

      4/3/2020 गते 00 00 मा प्रकाशित     1647   पटक पढिएको


बीरगंज २२ चैत ।

महामारीको संकटपूर्ण अवस्थामा बिरामीहरुलाई उपचार नगर्ने बीरगंजका निजी अस्पतालहरुको रबैया प्रति नागरिक समाजले असन्तुष्टि ब्यक्त गरेको छ । नागरिक समाजका अगुवाहरुको अनलाई बैठक पछि जारी प्रेस बिज्ञप्ति मार्फत यस्तो असन्तुष्टि जनाइएको छ ।
चिकित्सकहरुले ज्यान जोखिममा हालेर बिरामीको उपचार गरिहेका छन । उपचारका दौनामा कैयौ चिकित्सकको ज्यान गएको छ । तर आफनो पेशागत धर्ममाथि प्रश्न उठाउने ठाउँ दिएका छैनन ।  

 

अरुवेला कमिशन दिएर बिरामी तान्नेहरुले यो जटिल अवस्थामा आपना चिकित्सकहरुलाई सुरक्षा उपकरण नदिएर ,बिरामीलाई उपचार पाउने नैसर्गिक अधिकारबाट बन्चित गर्ने काम मानवता रिोधी अपराधीक काम भएको नागरिक समाजको ठहर छ ।


 मानवीय संकटको यस घडिमा अस्पतालहरुले बिरामीको उपचार नगर्दा संविधानले सूनिश्चित गरेको आम नागरिकले बाँच्न पाउनुपर्ने अधिकार र स्वास्थ्य सम्बन्धि हकको गम्भीर उल्लंघन भईरहेको छ ।

 

समाजले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । समाजले राहत बितरणमा भेदभावका गुनासा,खाद्य सामाग्रीको कालोबजारी र मंहगी बढनुले  आम नागरिकमा थप असहज अवस्था सृजना गरेको उल्लेख गरेको छ । आम नागरिकको जीवन यापन सहज बनाउनका लागि तीन तहको सरकारलाई नागरिक समाजले सुझाव समेत दिएको छ । 

नागरिक समाजले दिएको सूझावहरु

१ .अस्पतालहरुमा आम नागरिकको उपचार सहज गरियोस् ।
२ .उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको सुरक्षामा गम्भीर ध्यानाकर्षण होस् ।
३.वास्तविक पीडित पहिचान गरि सहज ढंगले राहत वितरण गरियोस् ।
४.दैनिक उपभौगय वस्तु तथा खाद्यान्नहरुको आपूर्ति सहज बनाईयोस् ।
५.संकटको घडीमा कुनैपनि बाहानामा भ्रष्टाचारलाई संस्थागत गर्ने काम नगरियोस् ।
६.अतिआवश्यकीय औषधिहरुको सहज उपलब्धताको ग्यारेण्टी गरियोस् ।
७.महामारीबाट बचाउने कार्यमा तीनै तहका सरकारहरुले आपसी समन्वय होस् ।


नागरिक समाजको तर्फबाट हस्ताक्षरकर्ताहरु 
१. गोबिन्द देवकोटाः                महासचिव ,सामुदायीक रेडियो प्रशारक संघ -अकोराव
२.केसी लामिछानेः                 अध्यक्ष ,उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नम्बर–२
३.बालगोपाल थापाः               अध्यक्ष ,पाठशाला नेपाल, पर्सा
४.तवरेज अहमदः संयोजक ,मानव अधिकार निगरानी समूह, पर्सा 
५.शिवनाथ यादवः संयोजक ,  जवाफदेहिताका लागि हाम्रो अभियान, पर्सा
६. कमल मोहन पोखरेलः       पूर्व अध्यक्ष ,नेपाल मानव अधिकार संगठन, पर्सा
७. अमर बहादुर गौतमः        अध्यक्ष ,मानव अधिकार तथा शान्ति समाज, पर्सा
८ नीरज पिठाकोटे मगरः         इन्चार्ज ,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ–फोनिज, प्रदेश–२ 
९ अजित भूजेलः                   अध्यक्ष उपभोक्ता हित संरक्षण मञ्च, वीरगन्ज महानगरपालिका
१० निला रामः                       महिला अधिकारकर्मी
११ गीता भण्डारीः                  केन्द्रीय सदस्य ,समग्र उद्योग ट्रेड युनियन
१२ कविता खड्काः                क्रियाशील पत्रकार महिला
१३ शैलेन्द्र कुमार चौरसियाः      सचिव ,उच्च अदालत बार एशोसिएसन अस्थायी इजलास, वीरगन्ज
१४ इब्राहिम देवानः               अध्यक्ष ,सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्सा०
१५ कमल चौगाईः                अध्यक्ष ,बीरगंज युवा समाज
१६ प्रकाश थारुः                  सामाजिक अभियान्ता

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.