logo

झण्डा प्रयोग गर्न पाउने अग्रवाल कालोबजारीमा पक्राउ पछि अवैतनीक दुतको सुविधा खेसियो

इसीमाना सम्वाददाता

      4/8/2020 गते 00 00 मा प्रकाशित     1336   पटक पढिएको

काठमाण्डौ २७ चैत । 
भनिन्छ कालोबजारी गर्नेहरुको कुनै जात, धर्म  सम्प्रदाय हुँदैन । यो भनाईलाई पुष्टि गरे  शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ।

मारवाडी समुदायको संस्थाले राहतमा थर्मल गन बितरणकालागि अग्रवालसंग किन्न खोजेको थियो  १५ हजार बाट एक पैसा तल झरेनन । 

चीनबाट २५ डलरमा झिकाएको कोरोना नियन्त्रण तथा रोकथामका इक्विपमेन्ट (थर्मल गन, पीपीइ) लगायत अग्रवालले १५ हजार रुपैयाँमा बिक्री गरेर कालोबजारी गरे ।

सरकारले चार्डर्ड गरेको चीन पठाएको बिमानमा सेटिंग मिलाएर निजी सामान ल्याउन सफल भएका अग्रवाल कालोबजारी गरेर धेरै पैसा कमाउने चक्करमा सक्रिय हुँदा नराम्रोसँग फसे ।

 

उनलाई राज्यले देशको प्रतिनिधित्व गरेर किर्गिजिस्तानको अवैतानिक दूत बनायो । दुत बापत पाउने सुविधा लिए । देशको इज्जत बढाउलान प्रतिष्ठा उच्चो होला भनेको यस्तो दुर्दानत काण्ड मच्चाए कि सरकारले अवैतनीक दुतहरुलाई दिने सबै  सुविधा खारेज गर्ने अवस्था आयो र खारेज गर्यो । 


राष्ट्र निर्माणमा सर्मित जगदम्बा भन्थे त्यसका मालिक राष्ट्र संकटमा पर्दा लुटनमा ब्यस्त रहे । अग्रवालको यो कालोबजारी काण्डले आम नेपालीलाई झस्काएको छ ।

 

सरकारले अवैतनीक दुत बनाएका सबै ब्यक्ति यस्ते त छैनन । सरकारले हिजोको मंत्रीपरिषद निर्णय बाट उनीहरुको सुविधा खारेज गर्ने निर्णय गरेपछि यो कुराले झनै बल पाएको छ ।

अग्रवाल त गत मंगलबार नीलो प्लेटको मोटरमा थर्मल गन कालोबजारी गरिरहेको बेला ठाउँको ठाउँ रंगेहात पक्राउ परेका थिए । कतिपय अवैतनिक दूतहरुले मुलुकको प्रतिष्ठा उच्च बनाउने काम गर्दै आएको भए पनि कतिपयले भने हदैसम्मको दुरुपयोग गर्दै आएका थिए । त्यसको नमुना बने अग्रवाल । 

सुलभले अवैतनिक दूतको हैसियतले लकडाउनका बेला चलाउन सकिने सवारी पास पनि हात पारेका थिए । जानकार स्रोतहरुका अनुसार केहीलाई छाडेर सबैजसो अवैतनिक दूतहरुले रातो पासपोर्ट समेत हात पारेका छन् ।

 

तर, सुलभले रातो पासपोर्ट हात पारेका थिए कि थिएनन् भन्ने स्पष्ट हुन सकेको छैन । कालोबजारी गर्दागर्दै रंगेहात पक्राउ परेका सुलभलाई छुटाउन नेपालका ठूलाठूला शक्तिकेन्द्रहरु लागिपरेका छन् । तर, प्रधानमन्त्री केपी ओली कालोबजारी गर्ने जो कसैलाई कडाभन्दा कडा कारवाही गर्ने अडानमा भएको स्रोतको दावी छ । 


अवैतनिक दूतहरुले राष्ट्रिय झण्डा समेत प्रयोग गर्न पाउँछन् । उनीहरुले अवैतनिक दूतको हैसियतले कार्यालय पनि राख्ने गरेका छन् । 

सुलभ कालोबजारीमा गिरफ्तार भएपछि प्रधानमन्त्री केपी ओलीले कूटनीतिक हैसियतको दुरुपयोग तत्काल छानविन गर्न परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई निर्देशन दिनु भएको थियो  ।

 

यही क्रममा सुलभको कूटनीतिक हैसियतको छानविन भएको बताइएको छ । अवैतनिक दूतको हैसियतमा अन्य अर्बपति व्यवसायीले पनि मर्यादा उल्लंघन गरेको पाइएको छ । यही कारण अवैतनिक दूतहरुलाई दिइएको सबै सुविधा खारेज गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.