logo

स्थानीय सरकार प्रमुखलाई  कृषिमंत्री भूषालको मार्मिक पत्र ,प्रभावकारी हस्तक्षेपको आग्रह

      4/9/2020 गते 00 00 मा प्रकाशित     1173   पटक पढिएको

कृषि तथा पशुपन्छी मन्त्री  घनश्याम भूसालले कोरोना महामारीका कारण नेपालमा जनधनको क्षतिको रोकथाममा समुदाय र स्थानीय सरकारको महत्वलाई बुझेर स्थानीय सरकारहरुलाई एक पत्र लेख्नु भएको छ । उहाँको  सो पत्र नेपालमा विश्वमहामारीको रोकथाममा समुदायको अग्रभूमिका रहेको र रहनेबारे धारणामा सहमति बढ्दै गइरहेको सन्दर्भमा आएको भन्ने विश्वास गरिएको छ। उहाँले पत्रमा  विश्व अर्थतन्त्रमा देखिन सक्ने संभावित संकट, नेपालमा पर्नसक्ने असर र त्यस्ता संभावित संकटबाट बच्दै मुलुकलाई आत्मनिर्भर बनाउन अपनाउनुपर्ने कदमबारे पत्रमा उल्लेख गर्नु भएको छ । उहाँले सो पत्र, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् र मन्त्रीको सचिवालयबाट सवै स्थानीय सरकारलाई पठाउनु भएको छ । पढौं, उहोको पत्रको पुरा विवरण -सम्पादक

श्री प्रमुख तथा अध्यक्ष्यज्यू
अभिवादन

अहिले हामी कोरोना भाइरसको महामारीबाट उत्पन्न असामान्य परिस्थितिमा छौँ । विभिन्न मुलुकका अस्पतालहरूमा मरिरहेका नागरिकहरू, मृत्यु पर्खेर कहराइरहेका संक्रमित बिरामीहरू, चिहानसम्म नपाएर मिल्किएका मृत शरिरहरू, त्रस्त–निस्तब्ध शहर–बस्तीहरू, अनिश्चितताको भयले लखेटेर काँपिरहेका करौडौँ प्रवासी–आप्रवासी कामदारहरू, भत्किरहेका स्थास्थ्य र सुरक्षाका व्यवस्थाहरू, नागरिकका लागि कुनै सम्भाव्य उपाय समेत पहिल्याउन नसकेका सरकारहरू, अकल्पनीय सङ्कटको छाँयामुनि काँपिरहेका हाम्रा सामाजिक–सांस्कृतिक संस्थाहरू– सङ्क्षेपमा, मानव जातिले विकास गरेको समस्त विज्ञान–प्रविधि समेत निरूपाय जस्तै भएको, एउटा अदृष्य तर प्रलयकारी अनिश्चय र भयको दुनियाँमा हामी छौँ ।

यस महामारीले हाम्रो इतिहासलाई, समस्त मानव समाजलाई कस्तो मोड दिन्छ भन्ने आँकलन गर्नु अलिक छिटो हुन्छ, तर पनि यसका असाधारण प्रभाव हामी र हाम्रा सन्तान–दरसन्तानले भोग्नु अनिवार्य जस्तै  छ। आजै क्षितिजमा देखिने केही दृष्य भने स्पष्ट छन्ः विश्वव्यापी रूपमा खाद्यवस्तुको उत्पादन, आपूर्ति तथा मूल्य र पहुँचमा ठूलो समस्या देखिने छस अन्तर्राष्ट्रिय श्रम बजार, औद्योगिक उत्पादन र समग्र विश्व अर्थतन्त्रमा समस्या आउनेछस तिनलाई सम्बोधन गर्न सरकारहरूले विभिन्न नयाँ नीतिहरू लिनेछन्, एउटा देशको सरकारका नीतिले अर्को देशको सरकारका नीतिलाई प्रभावित पार्नेछन् र तिनको अन्तरविरोधले अन्तर्राष्ट्रिय राजनीतिको नयाँ व्यवस्था बन्नेछ। यसरी मानव जाति इतिहासकै एउटा कठीन घडीबाट गुज्रिँदैछ।

यस महामारीले हाम्रो सामाजिक–आर्थिक क्षेत्रमा पनि उत्तिकै दुरगामी र बहुआयामिक प्रभाव पार्नेछ। आधुनिक इतिहासको लामो समय नेपाल राजनीतिक तानातानीमा अल्मलियो र पछाडि पर्‍यो। पछिल्ला दुई दशकभित्र लामो राजनीतिक द्वन्द्व, त्यत्तिकै लामो सङ्क्रमण, महाभूकम्प र नाकाबन्दीले थला परेको अर्थतन्त्र बिस्तारै तङ्ग्रिन लागेको अवस्थामा अहिले फेरि यस महामारीको लपेटमा हामी परेका छौँ । आगामी दिन झन् कठिन देखिन थालेका छन्। अन्तर्राष्ट्रिय लगानीमा हुने सङ्कुचनले वैदेशिक रोजगारीका हाम्रा अवसर खुम्चिँदै जानेछन्। अर्थात् एकातिर वैदेशिक रोजगारीबाट फर्कनेहरूको सङ्ख्या बढ्नेछ भने अर्कोतिर हरेक वर्ष वयस्क हुने जनसङ्ख्यालाई रोजगारी अभाव हुँदै जानेछ। यसरी बेरोजगारी र गरिबी एकसाथ बढ्दै जानेछ। एकातिर अहिलेको प्रतिकूल परिस्थितिले खाद्यान्न उत्पादन घट्नेछ, फलतः आयात बढाउनु पर्नेछ तर, अन्तर्राष्ट्रिय बजारमा बढ्ने खाद्यान्नको मूल्य थेग्नु हाम्रा लागि थप कठिन हुँदै जानेछ। कैयन सरकारहरूले कठोर नीति अवलम्बन गर्ने सङ्केत देखाइसकेका छन्। कृषि उत्पादनको निकासीमा बन्देज लगाउन थालिसकेका छन्। सङ्क्षेपमा, एउटा प्रभावकारी हस्तक्षेप नहुने हो भने हामी भोकमरीको चपेटामा पर्न सक्छौँ।

कृषिको संरक्षण र विकास नागरिकको खाद्यसुरक्षाको प्रत्याभूतिका हिसाबले सर्वोपरी महत्वको विषय हो। हाम्रो संविधान तथा कानूनी व्यवस्थाले पनि हरेक नागरिकलाई ‘पर्याप्त, पोषणयुक्त तथा गुणस्तरीय खाद्यमा नियमित पहुँच’ को अधिकार प्रत्याभूत गरेको छ। यसको प्रभावकारी कार्यान्वयन राष्ट्रको जीवनमा, संविधानले निर्दिष्ट गरेको सामाजवादको अभ्यासमा एउटा कोशेढुङ्गा हुनेछ।

राष्ट्रियरऔद्योगिक पुँजीको निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र कृषि नै हो। कृषि उत्पादन बृद्धिका क्रममा नयाँ रोजगारी सिर्जना हुनेछन् र क्षेत्रीय रूपमा सन्तुलित र दिगो विकास सम्भव हुनेछ। साथै राष्ट्रिय सुरक्षाका साथै भविष्यमा आउन सक्ने अन्य रोगव्याधी, महामारी र प्राकृतिक प्रकोपको सामना गर्न सक्ने राष्ट्रिय सामथ्र्यको विकास हुनेछ। सङ्क्षेपमा, हाम्रो राष्ट्रिय जीवनमा पहिलेदेखि नै रहेका र अहिले देखा परेका सामाजिक–आर्थिक चुनौतिको सामना गर्न कृषिको प्रश्न सबैभन्दा महत्वपूर्ण छ, त्यसका लागि समयले हामीसँग नयाँ सङ्कल्प र योजना माग गरेको छ।

मुलुकमा कृषिको प्रचुर सम्भावना हुँदाहुँदै खाद्यान्न समेत आयात गर्नु परेको दुर्भाग्यबारे सञ्चार माध्यम, आर्थिक छलफल तथा राजनीतिक प्रवचनमा हामीले गम्भीर चिन्ता–चासो देखाउँदै आएका छौँ। यस अवस्थालाई परिवर्तन गर्न कतिपय प्रयास भएका पनि हुन्। तर, परिस्थितिलाई बदल्ने सार्थक हस्तक्षेप भने हुन सकेको छैन। यसको पहिलो जिम्मेवारी हामी राजनीतिक र सँगसँगै कर्मचारी नेतृत्वले नै लिनुपर्छ।

मुलुकका प्रति आजको हाम्रो दायित्व इतिहासको आलोचना गरेर पूरा हुँदैन। त्यसैले, कृषिको विकासका लागि आजसम्म गरिएका असल प्रयासलाई सार्थक बनाउन र कमजोरीलाई हटाउने ध्येयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘संरक्षित कृषि, सुनिश्चित बचत’ भन्ने नारा अन्तर्गत पाँच वटा नीतिगत आधारसहितको कृषि विकासको अवधारणा अगाडि ल्याएको छः

१. उत्पादन सामग्रीमा अनुदानः हामीले दिँदै आएको व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउने गरी बीउरनश्ल, मल, सिँचाई, बिजुलीजस्ता उत्पादनका मुख्य सामग्रीमा अनुदान केन्द्रित गरिने छ।

२। सस्तो र सुलभ ऋणः सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहुँच ग्यारेण्टी नभएको अहिलेको अवस्थालाई अन्त्य गरिनेछ र हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गरिने छ।

३. सबै किसानलाई प्राविधिक सेवाः हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारण्टी गरिने छ। स्थानीय तहमा  करिब आठ हजार कृषि तथा पशु सेवातर्फका प्राविधिक जनशक्तिको दरबन्दी रहेकामा अहिले रिक्त रहेका करिब ६ हजार दरबन्दीमा पदपूर्ति गरिने छ।

४. सबै बालीवस्तुको बीमाः कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहुँचमा पुर्‍याउने ग्यारण्टी गरिने छ। प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषि बालि–वस्तुको हानी नोक्सानीबाट किसानलाई सुरक्षित गरिनेछ।

५. न्यूनतम बचतको ग्यारण्टीः किसानले उत्पादन गर्ने मुख्य बालि–वस्तुको उत्पादन लागतको मूल्याङ्कन गरेर उचित बचतको ग्यारण्टी हुने गरी न्यूनतम समर्थन मूल्य तोकिने छ। किसान आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्ने तर, बजारमा न्यूनतम मूल्य पनि नपाएमा स्वयम् सरकारले खरिद गर्ने व्यवस्था गरिनेछ।

यी पाँच वटा नीतिगत आधारको मूल उद्देश्य नेपालमा कृषि कर्म गर्ने कुनै पनि व्यक्तिले न्यूनतम बचत प्राप्त गर्छ भन्ने कुराको प्रत्याभूति गर्नु हो। यसबाट हरेक किसानले आफ्नो सामान्य जीवन निर्वाहका लागि चिन्ता गर्नुपर्ने छैन। जति बढी उत्पादन, त्यति बढी बचतको ग्यारण्टी हुँदा हामीले दशकौँदेखि भन्दै आएको आयात प्रतिस्थापन अर्थात् आत्मनिर्भरता स्वतः कार्यान्वयन हुँदै जानेछ। श्रम बजारमा आउने नौजवानहरूका लागि कृषिले ठूलो अवसर प्रदान गर्नेछ, वैदेशिक रोजगारीबाट फर्कनेहरूलाई पनि यसले स्पष्ट विकल्प दिनेछ। सङ्क्षेपमा, यी नीतिको कार्यान्वयनले कृषिक्षेत्रका आजका समस्याहरूलाई आधारभूत रूपले समाधान गर्नेछ।

उपरोक्त नीतिगत आधारहरूको कार्यान्वयनका लागि हामीले तीनै तहका सरकार, सहकारी र निजी क्षेत्रको भूमिकालाई उचित रूपमा संयोजन गर्नु पर्नेछ। उत्पादनका लागि बजार, जमिनको चक्लाबन्दी, कृषि कर्ममा यान्त्रिकीकरण, भण्डारण, प्रशोधनलगायत सिँचाई, विषादी व्यवस्थापन, रोग नियन्त्रण, नयाँ प्रविधि तथा उन्नत जात÷नश्लको अनुसन्धान र विकास, पर्यावरणीय कृषिजस्ता अनेकौँ कार्यक्रमहरू एकसाथ सञ्चालन गर्नु पर्नेछ। यस क्रममा उत्पादक किसानलाई उत्पादन सामग्रीमा दिइने अनुदान, ऋणको ब्याजमा सहुलियत र प्राविधिक सेवा–टेवा जुनसुकै बालि–वस्तु उत्पादन गर्ने किसानलाई दिनुपर्छ।

तर, न्यूनतम समर्थन मूल्यको निर्धारण र खरिदको ग्यारण्टी कुन–कुन बालि–वस्तुमा गरिनेछ भनेर तोक्नु आवश्यक हुनेछ। अहिलेको आयात र आवश्यकताका हिसाबले धान, मकै, गहुँ, आलु, उखु, फलफूल ९तराईमा आँप र केरा, पहाडमा कागती–सुन्तला र केरा, हिमालमा स्याउ० माछा, मासु ९कुखुरा, बाख्रा, राँगा, बुङ्गुर० अण्डा र दूधलाई मुख्य बालि–वस्तुको कोटीमा राख्नुपर्छ। त्यसबाहेक प्रादेशिक र स्थानीय हिसाबले कहीँ चिया, अलैँची कहीँ ओखर वा यस्तै अन्य बालीवस्तुलाई मुख्य बनाउनुपर्ने हुनसक्छ।

माथि उल्लेख गरिएका नीतिहरू मध्ये उत्पादन सामग्रीमा अनुदान, सस्तो र सुलभ ऋण, सबै किसानलाई प्राविधिक सेवा–टेवा र सबै बालि–वस्तुको बीमाको कार्यान्वयन देशभरी एउटै मापदण्ड र प्रक्रियाबाट गर्नु पर्नेछ। मन्त्रालयले यी विषयमा अध्ययन गर्दैछ। बालि–वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने र किसानले बजारमा बिक्री गर्न नसकेको बालि–वस्तु खरिद गर्ने व्यवस्था स्थानीय, प्रादेशिक र संघीय तहले गर्नुपर्ने हुन्छ। त्यस्तै, जमिनको चक्लाबन्दी र बाँझो जमिनको उपयोग आगामी कार्यक्रमको महत्वपूर्ण विषय हुनेछ र यिनको कार्यान्वयनमा मूलतः स्थानीय तहले मुख्य भूमिका खेल्नु पर्नेछ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय तथा प्रदेश मन्त्रालयहरू र सबै स्थानीय तहहरूको समन्वय र सहकार्यद्वारा तयार गर्ने आफ्नो धारणा मैले सार्वजनिक रूपमै राख्दै र भन्दै आएको हुँ। यसैबीच संघीय मन्त्रालय र सबै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रीहरू दुई पटक बैठक बसेर अनेकौं विषयमा समझदारी गरिएको छ। ती समझदारीका आधारमा हरेक प्रदेशमा त्यस प्रदेशभित्रका स्थानीय तहको नेतृत्वसँग समेत छलफल गर्ने योजना बनाइएको थियो। तर महामारीका कारण त्यसो गर्न सम्भव भएन।

त्यसैले यस पत्रमार्फत् पठाइएको त्यस स्थानीय तहसँग सम्बन्धित तल उल्लेखित विषयको सूचना उपलब्ध गराइदिनुहुन अनुरोध छ।

क. कृषि उपज खरिदको व्यवस्था सम्बन्धमा

कतिपय स्थानीय तहले किसानको उपज खरिद गर्ने र आफुले नै बजारमा बिक्री गर्ने गरेका छन् । केहीले किसान र बजारका बीचमा मध्यस्थता गर्ने गरेका छन् । कतिपय जिल्लामा किसानको उपज उपयुक्त दरमा खरिद गर्ने व्यवस्था मिलाइएको छ भने कतिपय सहकारीले आफ्ना सदस्यको उपज सहकारीमार्फत् बिक्री गर्ने व्यवस्था पनि गरेका छन्। यस कार्यका लागि त्यस स्थानीय तहमा कस्तो संरचना बढी प्रभावकारी हुन सक्छ रु र, त्यसमा प्रदेश र संघीय सरकारको भूमिका के हुन सक्छ ?

ख. जमिनको चक्लाबन्दी सम्बन्धमा

नेपालको कृषि भूमि निजी स्वामित्वमा रहेको र करिब ५८ लाख परिवारमा ३ करोड २५ लाख कित्ता भूमिको वितरण भएको अवस्थाले गर्दा कुनै न कुनै किसिमको सहकारितामार्फत् चक्लाबन्दीमा जानु पर्ने अवस्था छ। त्यसरी मात्रै हामीले हाम्रो कृषिमा यान्त्रिकीकरण गर्न सक्छौँ, जसले उत्पादन लागत घटाउँछ र हाम्रो कृषि प्रतिस्पर्धी बन्दै जान्छ। अहिले कतिपय स्थानीय तहमा चक्लाबन्दीका काम आरम्भ भएका छन्। त्यस स्थानीय तहअन्तर्गत चक्लाबन्दीका कस्ता सम्भावना छन् रु त्यसका लागि प्रदेश वा संघीय सरकारबाट के–कस्तो सहयोग आवश्यक हुनेछ ?

ग. बाँझो जमिनको उपयोग सम्बन्धमा

विभिन्न कारणले गर्दा अहिले जमिन बाँझो रहने गरेको छ। कतिपय पहाडी जिल्लामा बाँझो रहेका वा पाखो जमिनमा जमिनका मालिकहरूको कम्पनी गठन गरेर त्यसमार्फत् ठूलो मात्रामा फलफूल खेती गर्न थालिएको छ। कतिपय स्थानीय तहले त्यस्तो जमिनमा इच्छुक व्यक्तिहरूलाई फलफूल लगाउन दिने, ती फलफूलका बिरूवा हुर्काउञ्जेल उनीहरूलाई जीवन निर्वाहका लागि भत्ताको व्यवस्था गर्ने र फल दिन थालेपछि त्यसको बिक्रीको निश्चित प्रतिशत बिरूवा हुर्काउनेलाई दिने र बाँकी बचत स्थानीय तहमा राख्ने विकल्पमा पनि छलफल गर्न थालेका छन्। त्यस्तै कतिपयले स्थानीय कृषि सहकारीलाई जमिन उपलब्ध गराउने र निश्चित शर्तहरूमा उत्पादन गर्ने आशय व्यक्त गरेका छन्। यस सम्बन्धमा त्यस स्थानीय तहमा के गर्न सकिन्छ रु र त्यसमा प्रदेश र संघीय सरकारको के भूमिका हुन सक्छ ?

 

घनश्याम भूसाल
मन्त्री,
कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबार,
काठमाडौं
२०७६/१२/२४

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको  निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

खेलकुद

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.