logo

भारतीय संचार माध्यमले दुष्प्रचार गरेः प्रशासकीय अधिकृत गिरी

      4/10/2020 गते 00 00 मा प्रकाशित     1379   पटक पढिएको

बीरगंज २८ चैत । 
शुक्रवार भारतीय संचारमाध्यममा पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियालाई भाइरसको संक्रमण फैलाएको आरोप लगाउदै भारतीय संचार माध्यमले समाचार प्रशारण गरेको बिषयप्रति जगरनाथपुर गाँउपालिकाले गम्भिर ध्यानार्कषण भएको जनाएको छ ।

 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले शुक्रवार एक बिज्ञप्ति जारी गर्दै पालिका अध्यक्ष जालिम मिया मन्सुरीको नाम जोडेर कोरोना भाइरसको संक्रमण फैलाउने योजना बनाउने भनि दुष्प्रचार गरेको जनाउनु भएको छ । 
भारतीय संचारमाध्यमहरुले बिना कुनै तथ्य र प्रमाणको आधारमा नेपाली नागरिकको चरित्र हत्या गर्नु आफैमा गैर जिम्मेवार काम हो बिज्ञप्तिमा लेखिएको छ । 

        अहिलेको वर्तमान कोरोना महामारीको समयमा नेपालको ७ सय ५३ वटै स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु कोरोना महामारी रोकथाम र जनतालाई राहत सामग्री उपलब्ध गराउने कार्यमा दिनरात खटिरहेका छन ।

 

यस्तो  अवस्थामा कुनै पनि नेपाली निर्वाचित जनप्रतिनिधिलाई “कोरोना फैलाउने योजना बनायो” भनि लान्छना लगाउनु एकदमै निन्दनीय कार्य हो बिज्ञप्तिमा उल्लेख छ । 

 मित्र राष्ट्र भारतको  सन्चार माध्यमहरुले तथ्यहीन  आधारमा नेपालका निर्वाचित जनप्रतिनिधिको चरित्र हत्या गर्ने कामको सम्बन्धमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले तुरुन्त नेपालस्थित भारतीय दुतावाससंग खेद प्रकट गर्न माँग गर्दछौ । 


जगरनाथपुर गाउँपालिकाका अध्यक्ष  जालिम मिया मन्सुरी अहिले जगरनाथपुर गाउँपालिकामै बसी आफ्नो जनतालाई राहत वितरण गराउने कार्यको व्यवस्थापनमा सक्रिय रहनु भएको व्यहोरा समेत यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौ भनिएको छ । ्र    
  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.