logo

महानगर प्रमुखको प्रयासमा मुख्यमंत्रीको अवरोध, नआत्तिनुहोला म तपाईसंगै छुः मुख्यमंत्री

      4/12/2020 गते 00 00 मा प्रकाशित     2350   पटक पढिएको

बीरगंज ३० चैत ।
तीन जना भारतीय नागरिकमा कोराना भाइरसको संक्रमण देखिएपछि उनीहरुले आश्रय लिदै आएको बीरगंजको छपकैया क्षेत्रलाई शिल गरिएको छ ।

 


उनीहरुमा कोरोनाको संक्रमणको आन्तरिक पुष्टि भएपछि नै नारायणी अस्पतालले इमरजेन्सी बाहेक सबै ओपीडी सेवा बन्द गर्यो । बीरगंजका चिकित्सकहरुले छुट्टै कोभिड अस्पतालको निर्माणको माँग उठाई रहेका छन ।

 

बीरगंजमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमणको पुष्टि संगै यो महामारीलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा स्थानीय सरकार  र प्रशासन सक्रिय भयो ।

 

छपकैया क्षेत्रको शिलबन्दी त्यो क्वीक एक्शनको परिणाम थियो । कोभिड नियन्त्रणको कमाण्ड पोष्टको नेतृत्वकर्ता र स्थानीय सरकार प्रमुखको आपताकालीन बैठक बस्यो र रोकथाामका रणनीतिका बिषयमा छलफल भयो । 

 


बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीका प्रेस सल्लाहकार गोविन्द देवकोटाले ६ बजेर ३९ मिनेट जादा सामाजिक संजालमा कोभिड अस्पताल संचालन गर्ने निर्णय कार्यान्वयन नगर्न मुख्यमंत्रीले निर्देशन दिएको कुरा सार्वजनीक गर्नु भयो ।

 

यद्यपि, प्रदेश सरकारले नै केही दिन अघि विज्ञको टोली बीरगन्ज पठाएर कोरोना अस्पताल सन्चालनमा लागि सम्भाव्यता अध्ययन गराएको थियो ।

 

तर आज स्थानीय प्रशासनकै तर्फबाट अस्पताल सन्चालन गर्न भएको निर्णयमा प्रदेशले रोक लगाउँदा स्थानीय सरकार प्रशासन र स्वास्थ्यकर्मीमा निराशा छाएको छ ।

 


चैत १३ भित्र कोरोना बिशेष अस्पताल बनाई सक्नु पर्ने थियो । संघ र प्रदेश सरकारको सूचीमा नारयाणी अस्पताल हव अस्पतालको रुपमा रहेको छ । प्रदेश मंत्रीपरिषदको निर्णयले कलैया अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । 
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि महानगर प्रमुखले आफना नगरिकको सुरक्षाकालागि लिएको तत्परताले सार्थकता पाउन भने सकेन ।

 

बीरगंजको हेल्थ केयर अस्पताललाई निश्चित भाडा तिर्नेगरि उसको उपकरण र भौतीक पूर्वाधार उपयोग गर्ने गरि अस्पताल चलाउने कुरामा सहमती भएको सल्लाहकार देवकोटाको स्टाटसबाट बुझिन्छ ।


यहीबेला प्रदेश सरकारका प्रमुख मुख्यमत्रीले महानगरप्रमुखलाई अस्पताल संचालन नगर्न मौखिक निर्देशन दिएपछि अन्यौलता थपिएको देवकोटाले लेख्नु भएको छ । 


नारयाणीमा रहेको आइसोलेशन वार्डमा कोरोना संक्रमीत भर्ना छन तर उनीहरुको उपचारमा संलग्न चिकित्सक,स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको ब्यवस्थापनको बिषय पनि गम्भिर भएकोले कोभिड अस्पतालको आवश्यकता परेको हो त्यो नहुदा चिकित्सकहरु पनि अप्ठयारोमा पर्न थालेका छन । 


एक त कोरोना भाइरसको संक्रमणले गर्दा बीरगंज लगायत मध्य तराईका नागरिक चिन्तामा परेका छन । औषधीमुलो केहीबाट पनि उपचार नहुने कोरोनाको संक्रमण फैलीदै जादा महामारीको अवस्था ल्याउन सक्छ  । त्यो सम्झेर नै ब्यक्तिहरु चिन्तामा परेका छन ।

 

स्थानीय सरकार प्रमुख भएको नाताले आफना नागरिकलाई सुरक्षीत राख्ने प्रयास गर्दा अवरोध आएपछि महानगर नेतृत्व समेत चिन्तामा परेको छ ।

 

प्रदेश सरकारले बीरगंजमा कोभिड अस्पताल निर्माणमा किन अवरोध सृजना गर्नु पर्यो भनेर इसीमानाले मुख्यमंत्री लालबाबु राउतलाई प्रश्न गरेको थियो ।

प्रदेश सरकारको मंत्री परिषदले प्रदेशको दुई ठाउमा कोभिड अस्पताल संचालन गर्ने भनेर निर्णय गरेको र कलैयाको अस्पतालमा कोभिड सम्बन्धी उपकरण र प्रविधि जडान सहितका अन्यकामकालागि साढे पाँच करोड निकासा दिएको उहाँले बताउनु भयो ।

 

अस्पताललाई जनशक्ति आपूर्तीका निम्ति तत्काल गर्न सक्ने गरि अख्तियारी समेत दिएको उहाँले बताउनु भयो ।

 

 निजी अस्पतालमा एक ढेड करोड भाडमा लिएर अस्पताल चलाउने कुरा अहिलेको अवस्था त्यती मनासिब नहुने र त्यती रकमले आवश्यक उपकरण जोडिने भएकोले बीरगंजमा अस्पताल अहिलेलाई संचालन नगर्न आफूले भनेको उहाँको भनाई छ ।

 

अहिले त्यत्रो रकम दिएर अस्पताल भाडमा संचालन गर्ने कुरालाई कर्मचारीतन्त्रले सहयोग  गर्दै कानूनहरु त्यती अनुकुल छैनन जसले गर्दा आजको भोली भाडमा लिएर काम गर्न सकियोस यो कानूनी अडचन पनि सामुमा रहेको उहाँले बताउनु भयो ।

 

उहाँले  कलैया अस्पतालमा अहिले नै बीरगंजको बिरामीलाई सार्न सक्ने गरि तयारी भएको र  त्याहाको सम्पूर्ण अवस्थालाई तयार राख्न सिंगो सरकार लागिरहेको उहाँले बताउनु भयो ।

 

उहाँले बारा पर्सा रौतहटका नागरिकलाई नआत्तिन आग्रह गर्दै कोभिड अस्पताल भोलीदेखी नै संचालनमा आउने अवस्थामा रहेकोले चिन्ता नलिनु होला भन्नु भएको छ ।

 

उहाँले प्रदेश सरकार र त्यसको प्रमुखको रुपमा रहेको म तपाईहरुसंगै छु प्रदेश सरकार स्थानीय सरकार र प्रशासन नागरिक हामी सबै मिलेर नै यो संकटबाट पार पाउन सक्छौ ।

 

 मुख्यमंत्री राउतले नारायाणी अस्पतालमा भोली सोमवार नै कोरोना भाइरसको परिक्षणकालागि पिसीआर मेशिन जडान हुने समेत बताउनु भएको छ ।

 

उहाँले कलैया असपताल प्रदेश सरकारको सम्पती हो संकटको बेलामा आफनै संरचनमा केही सामान जोडन सक्दा त्यो प्रदेश र प्रदेशका नागरिकको हुनै भन्दै अन्य कुनै दुरभावनाका कारण मैले बीरगंजमा अस्पताल संचालन नगरौ भन्न खोजेको होइन भन्नु भयो ।

 

प्रदेशको राजधानी जनकपुर ,प्रादेशीक अस्पताल जनकपुर अन्य संरचनाहरु जनकपुरहुदा एउटा पिसिआर मेशीन समेत बीरगंज नआउदा यस क्षेत्रका नागरिकले न्यायपूर्ण नभएको अनुभूती गर्दै आइरहेका छन । यस्तोमा मुख्यमंत्री लालबाबु राउतद्वारा ब्यक्त प्रतिवद्धताले सार्थकता पाउन आवश्यक छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.