बीरगंज २ बैशाख ।
काठमाडौं। सरकारले १५ वैशाखसम्म लकडाउन बढाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले १२ दिन लकडाउन बढाउने निर्णय गरेको भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिनु भयो ।
मन्त्रिपरिषद बैठकले लकडाउन लम्बाउने निर्णय गरेको यो चौँथो पटक हो। तेस्रो पटकसम्म गरिएको लकडाउन भोलि ३ वैशाख राति १२ बजे सकिँदै थियो। आज बसेको मन्त्रिपरिषद् बैठकले १५ वैशासम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो।
तपाईको प्रतिक्रिया