logo

अनियमितता भएको भन्दै पकाहाको मैनपुरबासीले राहत लिन अस्वीकार गरे

      4/14/2020 गते 00 00 मा प्रकाशित     1090   पटक पढिएको

बीरगंज २ चैत । 
पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं ३ का करिव ४ सय घर परिवारले गाउँपालिकाले दिएको राहत बहिष्कार गरेका छन । दैनीक ज्याला गरेर जीवीकोपार्जन गर्दै आइरहेका नागरिकले राहत बहिष्कार गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

 


पकाहा मैनपुर गाउँपालिकाको बिशेष गाउँसभाले राहत बितरणकालागि ८० लाख रुपैया बिनियोजन गरेको छ । प्रदेश सरकारले राहत बितरणकालागि १० लाख रुपैया पठाएको छ । राहतको यही रकमका आधारमा पालिकाले राहतको प्याकेजको मापदण्ड निर्धारण गरेको थियो ।

 बोर्ड बैठकको निर्णय अनुसार २५ किलो चामल, ३ किलो दाल, ५ किलो आलु, तेल १ लिटर लगायतका खाद्यान्न सामग्री राहत वितरण गर्न निर्णय गरेको थियो ।

 

तर अहिले तिरण गर्न गाउँपालिकाको टोली जादा प्रति परिवार १० किलो चमाल, आधा किलो दाल, १ किलो प्याज, २ किलो आलु, आधा किलो चना, आधा किलो सोयाबीन र आधा लिटर खाने तेल वितरण गर्न लगेका थिए ।

मापदण्ड बिपरिताको राहत समाग्री देखे पछि स्थानीयले वडाध्यक्ष मदन साह कानुलाई  राहतको रकममा अनियमितता गरेको आरोप लगाए ।

 

स्थानीयले गाउँपालिकाका अध्यक्ष बिजय चौरसियालाई बोेलाएर राहतमा कति रकम खर्च भएको छ त्यसको परदर्शिता कायम गर्न माँग गरे । फोन मार्फत अध्यक्ष चौरसियालाई कुरा भएपनि उहाँ वडा नं ३ मा नआएको स्थानीयले बताए । वडा नं ३ मैनपुरका वासिन्दाले राहत नलिएपछि राहत बितरण टोली फर्किएको छ । 

वडावासीले  सरकारी मापदण्ड अनुसार राहत नभएको भन्दै फिर्ता पठाइ दिएका हुन । वडावासीले राहत बितरणकालागि गाउँपालिकाले बिनियोजन गरेको मापदण्ड अनुसारको रकमको राहत समाग्री बितरण गर्न माँग गरेका छन । 


गाउँलेको भनाई अनुसार त्यो वाडको लागि गाउँपालिकाले ८ लाख बराबरको रकम छुटयाएको र सो रकम बराबरको राहत बितरण हुनु पर्ने अड़ान राखेका छन् । 

तर गाउँपालिका अध्यक्ष नआए पछि जनता आक्रोशित समेत भएका थिए । आक्रोशित जनताले वडाध्या साहलाई धकेला धकेल गरेका थिए । राहत वितरणमा अनियमिता भएको र रकम बराबरको पनि राहत आफ्नो टोलमा नआए पछि स्थानीय आक्रोशित भएर राहत वितरण बहिष्कार गरेको स्थानीय अनिल पटेलले बताउनु भयो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.