logo

राष्ट्र संकटमा पर्दा लुट्न केन्द्रीत शुलभ थप ५ दिन हिरासतमा ,अर्वपति पिताको रोदन ,यो कूलङ्गारले किन यस्तो गर्यो ?

      4/15/2020 गते 00 00 मा प्रकाशित     1236   पटक पढिएको

बीरगंज ३ बैशाख । 

यो कूलङ्गारले किन यस्तो गर्यो ? यसलाई नपुग्दो के थियो र ? यो वाक्य जगदम्बा ग्रुपका अध्यक्ष शंकर गोल्यानले गत साता प्रहरी कार्यालयमा पुगरे भन्नु भएको हो । 


‘मलाई यतिसम्म गर्ला भन्ने अनुमान थिएन। इज्जतै गयो,’ वार्षिक कारोबारबाट अर्ब रुपैयाँभन्दा बढी खुद नाफा गर्ने सीमित उद्यमी–व्यापारीहरूको सानो क्लबभित्र पर्ने गोल्यानले औडाहा पोख्नु भयो।

यो कालोबजारी प्रकरणले मारवाडी समुदायमै यतिबेला ठूलो ‘कलंक’ फैलिरहेको महसुस भइरहेको गोल्यान परिवारका एक नातेदारले बताउनु भयो। त्यसो त अग्रवालको यो कारोबारलाई लिएर मारवाडी व्यवसायीहरूको मनमा सुरूदेखि नै चिसो पसेको थियो।

‘मैले सय पिस एन–९५ मास्क मगाएँ। उनले हुन्छ भने र मूल्यको कुरा पनि गर्न आवश्यक ठानिएन। तर, सामान सँगसँगै प्रतिगोटा ९ सय मूल्य लगाएर पो इन्भ्वाइस पठाएछ। त्यसपछि मैले थर्मल गन मगाउने आँट गरिनँ,’ ती नातेदारले भने, ‘अहिले खोरमै पुगेछ। त्यसलाई कारबाही गर्नुपर्छ।’

हो कुटनीतिक नियोगको गाडी चढेर  थर्मल गनको कालो बजारी गर्ने शुलभ अग्रवाललाई  फेरी पाँच दिनको म्याद थप भएको छ । 
कालोबजारी गर्ने व्यवसायिक घराना शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले  ५ दिनको म्याद थप गरेको हो ।

प्रहरीले कालोबजारी गर्दा गर्दै अग्रवाललाई चैत २५ गते पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेपछि जिप्रकाले पहिलो चरणमा ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

उक्त ७ दिन समय सकिएपछि मंगलबार दोस्रो चरणमा पुनः ५ दिन समय थपेको हो । ज्वरो नाप्ने थर्मल गन (डिजिटल थर्मोमिटर) कालोबजारी गरेर बिक्री गरेपछि पक्राउ परेका अग्रवाललाई जिप्रकाले ५ दिन समय थपेको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी शहकुल थापाले बताउनु भयो ।

‘राष्ट्र निर्माणमा समर्पित’ भन्ने जगदम्बा सिमेन्ट र स्टीलका मालिक राष्ट्र संकटमा पर्दा लुट्न केन्द्रित थिए । उनको लुटका बारेमा प्रहरीले चाल पाएपछि अहिले हिरासतमा बस्नु परेको छ । 

अग्रवालको साथबाट प्रहरील्दे ६७ थान थर्मल गन नियन्त्रणमा लिइएको छ । ३ हजार ५ सय रुपैयाँमा पाउने उक्त गन उनले १५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको छ ।


अग्रवाल किर्गिस्तानको लागि अनररी कन्सुलर समेत रहेका  थिए । उनको त्यही कालोबजारी काण्डमका कारण सरकारले अवैतनीक दुतहरुको सेवा सुविधा सबै खारेज गरेको छ । अग्रवाल पदमुक्त भएका छन । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.