logo

राष्ट्र संकटमा पर्दा लुट्न केन्द्रीत शुलभ थप ५ दिन हिरासतमा ,अर्वपति पिताको रोदन ,यो कूलङ्गारले किन यस्तो गर्यो ?

      4/15/2020 गते 00 00 मा प्रकाशित     1096   पटक पढिएको

बीरगंज ३ बैशाख । 

यो कूलङ्गारले किन यस्तो गर्यो ? यसलाई नपुग्दो के थियो र ? यो वाक्य जगदम्बा ग्रुपका अध्यक्ष शंकर गोल्यानले गत साता प्रहरी कार्यालयमा पुगरे भन्नु भएको हो । 


‘मलाई यतिसम्म गर्ला भन्ने अनुमान थिएन। इज्जतै गयो,’ वार्षिक कारोबारबाट अर्ब रुपैयाँभन्दा बढी खुद नाफा गर्ने सीमित उद्यमी–व्यापारीहरूको सानो क्लबभित्र पर्ने गोल्यानले औडाहा पोख्नु भयो।

यो कालोबजारी प्रकरणले मारवाडी समुदायमै यतिबेला ठूलो ‘कलंक’ फैलिरहेको महसुस भइरहेको गोल्यान परिवारका एक नातेदारले बताउनु भयो। त्यसो त अग्रवालको यो कारोबारलाई लिएर मारवाडी व्यवसायीहरूको मनमा सुरूदेखि नै चिसो पसेको थियो।

‘मैले सय पिस एन–९५ मास्क मगाएँ। उनले हुन्छ भने र मूल्यको कुरा पनि गर्न आवश्यक ठानिएन। तर, सामान सँगसँगै प्रतिगोटा ९ सय मूल्य लगाएर पो इन्भ्वाइस पठाएछ। त्यसपछि मैले थर्मल गन मगाउने आँट गरिनँ,’ ती नातेदारले भने, ‘अहिले खोरमै पुगेछ। त्यसलाई कारबाही गर्नुपर्छ।’

हो कुटनीतिक नियोगको गाडी चढेर  थर्मल गनको कालो बजारी गर्ने शुलभ अग्रवाललाई  फेरी पाँच दिनको म्याद थप भएको छ । 
कालोबजारी गर्ने व्यवसायिक घराना शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले  ५ दिनको म्याद थप गरेको हो ।

प्रहरीले कालोबजारी गर्दा गर्दै अग्रवाललाई चैत २५ गते पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेपछि जिप्रकाले पहिलो चरणमा ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

उक्त ७ दिन समय सकिएपछि मंगलबार दोस्रो चरणमा पुनः ५ दिन समय थपेको हो । ज्वरो नाप्ने थर्मल गन (डिजिटल थर्मोमिटर) कालोबजारी गरेर बिक्री गरेपछि पक्राउ परेका अग्रवाललाई जिप्रकाले ५ दिन समय थपेको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी शहकुल थापाले बताउनु भयो ।

‘राष्ट्र निर्माणमा समर्पित’ भन्ने जगदम्बा सिमेन्ट र स्टीलका मालिक राष्ट्र संकटमा पर्दा लुट्न केन्द्रित थिए । उनको लुटका बारेमा प्रहरीले चाल पाएपछि अहिले हिरासतमा बस्नु परेको छ । 

अग्रवालको साथबाट प्रहरील्दे ६७ थान थर्मल गन नियन्त्रणमा लिइएको छ । ३ हजार ५ सय रुपैयाँमा पाउने उक्त गन उनले १५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको छ ।


अग्रवाल किर्गिस्तानको लागि अनररी कन्सुलर समेत रहेका  थिए । उनको त्यही कालोबजारी काण्डमका कारण सरकारले अवैतनीक दुतहरुको सेवा सुविधा सबै खारेज गरेको छ । अग्रवाल पदमुक्त भएका छन । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.