logo

बीरगंजमा बिहान सात बजे सम्म अत्यावश्यक समाग्रीका पसलहरु खुल्ने

      4/15/2020 गते 00 00 मा प्रकाशित     1758   पटक पढिएको

बीरगंज ३ बैशाख । 

बीरगंजमा अत्यावश्यक सामाग्रीहरु जस्तै दुध, ग्याँस, खाद्य, किराना लगायतका पसल संचालनमा आउने भएका छन  ।

स्थानीय प्रशासनले चैत ३इ गते देखि बीरगंजमा औषधी पसल बाहेक अन्य सबै पसलहरु बन्द गर्ने निर्देशन जारी गरेको थियो । बैशाख ४ गते देखी  बिहान ७ बजे सम्म पसल  खोल्न पाइने जिल्ला प्रशासन कार्यालय पर्साले बुधवार जारी गरेको सूचनामा उल्लेख छ  ।

 

स्थानीय प्रशासनले अत्यावश्यक सामाग्रीहरु किनमेलका लागि भोलिबाट बिहान ७ बजे सम्मको समय निर्धारण गरेको त्यस पछि पसलहरु बन्द रहने छन । 

 

यस्ता पसलहरु बिहान सबेरै जतिसक्दो चाँडो खोलेर बिहान ७ बजेसम्म मात्र सन्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । यी पसल बाहेक अन्य कुनै पसल खोल्न नपाइने तर औषधी पसल भने २४ सै घण्टा खुल्ला रहन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो  ।

 

अत्यावश्यक सामाग्रीका पसल सन्चालन गर्दा साँगुरा गल्ली, ठेलागाडा र चोकमा सन्चालन गर्न नपाइने बस्नेतले बताउनु भयो । पसल सन्चालन गर्दा तीन फिटको दुरी कायम गरी लाइन व्यवस्थापन गरेर बिक्रीवितरण गर्न व्यसायीलाई प्रशासनले निर्देशन दिएको छ । अन्यथा, संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

साथै, किनमेल गर्दा व्यवसायी र ग्राहकले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने सूचनामा उल्लेख छ । साथै, खुल्ला स्थानमा तरकारी र फलफुल वितरण बिक्रीवितरण नगर्न तर होम डेलिभरी गर्न चाहे त्यसलाई प्रोत्साहन गरिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.