logo

बीरगंजमा बिहान सात बजे सम्म अत्यावश्यक समाग्रीका पसलहरु खुल्ने

      4/15/2020 गते 00 00 मा प्रकाशित     1553   पटक पढिएको

बीरगंज ३ बैशाख । 

बीरगंजमा अत्यावश्यक सामाग्रीहरु जस्तै दुध, ग्याँस, खाद्य, किराना लगायतका पसल संचालनमा आउने भएका छन  ।

स्थानीय प्रशासनले चैत ३इ गते देखि बीरगंजमा औषधी पसल बाहेक अन्य सबै पसलहरु बन्द गर्ने निर्देशन जारी गरेको थियो । बैशाख ४ गते देखी  बिहान ७ बजे सम्म पसल  खोल्न पाइने जिल्ला प्रशासन कार्यालय पर्साले बुधवार जारी गरेको सूचनामा उल्लेख छ  ।

 

स्थानीय प्रशासनले अत्यावश्यक सामाग्रीहरु किनमेलका लागि भोलिबाट बिहान ७ बजे सम्मको समय निर्धारण गरेको त्यस पछि पसलहरु बन्द रहने छन । 

 

यस्ता पसलहरु बिहान सबेरै जतिसक्दो चाँडो खोलेर बिहान ७ बजेसम्म मात्र सन्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । यी पसल बाहेक अन्य कुनै पसल खोल्न नपाइने तर औषधी पसल भने २४ सै घण्टा खुल्ला रहन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो  ।

 

अत्यावश्यक सामाग्रीका पसल सन्चालन गर्दा साँगुरा गल्ली, ठेलागाडा र चोकमा सन्चालन गर्न नपाइने बस्नेतले बताउनु भयो । पसल सन्चालन गर्दा तीन फिटको दुरी कायम गरी लाइन व्यवस्थापन गरेर बिक्रीवितरण गर्न व्यसायीलाई प्रशासनले निर्देशन दिएको छ । अन्यथा, संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

साथै, किनमेल गर्दा व्यवसायी र ग्राहकले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने सूचनामा उल्लेख छ । साथै, खुल्ला स्थानमा तरकारी र फलफुल वितरण बिक्रीवितरण नगर्न तर होम डेलिभरी गर्न चाहे त्यसलाई प्रोत्साहन गरिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.