logo

रहवरको घोषणामा तरंगीत बनेको बीरगंज र कमिशनको उडन्ते कथा 

ईसीमाना टिप्पणी

      4/16/2020 गते 00 00 मा प्रकाशित     4191   पटक पढिएको

वीरगंज ४ बैशाख । नेकपा बीरगंज महानगरका अध्यक्ष रहवर अन्सारीले आफनो स्वामित्वमा रहेको गण्डक अस्पताललाई  कोभिड अस्पताल बनाउन महानगरलाई दिने घोषणा गरेपछि बीरगंजको राजनीतिमा ८ रेक्टरकै भूकम्प गए जस्तो भएको थियो । 

 


त्यो संगै बीरगंज महानगरपालिकाका प्रमुख ,उहाँका प्रेस सल्लाहकार र अन्सारीलाई जोडेर एउटा प्लटिङ सहितको सामाचार सार्वजनीक गरियो । ठिक यही बेला बीरगंज महानगरपालिकाले अस्पताल लिनेबारे आशय पत्र सार्वजनीक गर्यो । पछिल्ला दुबै प्रकरणहरु बीरगंजमा, रहवरको अस्पताल दिने घोषणा पछिको पराकम्पन थिए । 


आज आएर ति सबै कुरा ब्यवस्थापन भयो । जतिवेला बीरगंज महानगरपालिकाले निकालेको सूचनाको अन्तिम म्याद सम्म जम्मा एउटा आशय पत्र दर्ता भयो त्यो पनि गण्डक अस्पतालको । 


कोरोना भाइरसको संक्रमण तीन जनामा पुष्टि भएपछि  संक्रमणको निकै जोखिममा बीरगंज छ भन्ने कुरा नागरिकको पहिलो सरकार भएको नाताले बीरगंज महानगर सम्बेदनशिल हुनु स्वभाविक थियो । कोभिड अस्पतालको संचालनको बिषयमा महानगरले गरेको पूर्व तयारी त्यसकै एउटा रुप हो ।

 

तर कतिपयलाई त्यसले  राजनीतिक रुपमा आफू असुरक्षीत  भएको महशुस गरायो । त्यसको नतिजा हो  प्लटिङ गरेर दृश्यमा नदेखिएको गण्डक अस्पताललाई लिन कमिशनको खेल भएको उडन्ते कथा सार्वजनीकगरियो । 


बीरगंज हेल्थ केयरलाई मासिक एक देखी डेढ करोडको वीचमा भाडा तिरेर कोभिड अस्पताल बनाउने कुरामा बीरगंज महानगर,अस्पताल ब्यवस्थापक,स्थानीय प्रशासन र प्रदेशका मुख्यमंत्री समेत सहमत भएका थिए ।

 

बीरगंज हेल्थ केयर लिदा कमिशनको खेल गरे भनेर कथा बनाएको भए हो की क्या हो भन्ने सम्मको अवस्था त बन्थ्यो तर  गण्डक अस्पतालका बिषयमा कमिशनको खेलको काल्पनीक कथा रचेर महानगर नेतृत्वलाई बिचलीत बनाउने प्रयास भने प्रयासमा मात्र सिमित रहन गयो ।

 

संकटका बेलामा आफना नागरिकको सुरक्षार्थ सबै काम गर्न तयार महानगर नेतृत्व बिचलित हुने कुरा थिएन । बरु कमिशनको कथा कसरी रचियो र त्यसलाई प्रकाशन गर्ने कुन स्तरको खेल भयो त्यसमा को को सहभागि भए त्यसको सम्पूर्ण तथ्य बोकरे कानूनी उपचारको बाटोमा जाने निष्कर्षमा महानगर नेतृत्व पुुग्यो ।

 

यता महाारी बिरुद्धको  आफनो जिम्मेवारीमा झनै कटिवद्ध भयो । त्यसैको परिणाम हो बिपद ब्यवस्थापनको पूर्व तयारीको रुपमा बीरगंजमा करिब ७० बेडको कोभिड अस्पताल तयारी अवस्थामा रहन पुग्यो ।

अन्सारीले  सामाजिक संजाल मार्फत अस्पताल  दिने कुरा घोषणा गर्दा त्याहा निशुल्क भन्ने शब्द परेको थिएन । तर सामाजिक संजालमा एउटा स्टन्ट फेरि गरियो र अन्सारीको घोषणालाई प्रशंसा गर्दै “निशुल्क ” दिने हुनु भयो भन्ने ट्रेण्ड नै चलाइयो । त्यसको फाइदा आज देखियो गण्डक अस्पतालले बीरगंज महानगरलाई पेश गरेको प्रस्तावनामा निशुल्क दिने भनेर प्रस्तावित गरेको छ । 

महानगरपालिकामा नेकपा वीरगंज महानगर अध्यक्ष रहबर अन्सारीले घोषणा गरे अनुसार निशुल्क रुपमा उहाँको गण्डक हस्पिटलले प्रस्तावना पेस गरेको छ । महानगरले प्रस्तावना मांग गरेको अन्तिम दिन सम्म एक मात्र गण्डक हस्पिटले प्रस्तावना पेस गरेको महानगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अरुण कुमार महतोले वताउनु भयो ।

प्रस्तावना पेश गर्नु पर्ने अन्तिम दिन आज सांझ ५ बजे सम्म श्री गण्डक हस्पिटल प्रालि वीरगंजले मात्र प्रस्तावना पेश गरेको छ ।

 

उसले पेस गरेको प्रस्तावनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमित बिरामीको लागि अस्थाई रुपमा उपलब्ध गराइने वीरगंज १४ स्थित रहेको भवन, अस्पताल भवनमा रहेको सम्पूर्ण उपकरणहरु महानगरलाई उपलब्ध गराए वापत कुनै किसिमको भाडा नलिकन व्यवस्थापन तथा संचालनका लागि महानगरपालिकालाई हस्तान्तरण गर्न तयार रहेको उल्लेख गरिएको छ।”

यस बिषयमा भोली शुक्रबार बस्ने बोर्ड बैठकले निर्णय गर्ने समेत प्रशासकिय अधिकृत महतोले जानकारी गराउनु भयो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत मुजतुबा अंसारीले हस्पिटलको तर्फबाट हस्ताक्षर गरेको प्रस्तावना महानगरपालिकामा पेश भएको छ ।

यस अघि अध्यक्ष अन्सारी बैशाख १ गते कोरोना अस्पताल प्रयोजनको लागि सरकारलाई आफ्नो  गण्डक हस्पिटल दिने घोषणा गर्नु भएको थियो । त्यसको भोली पल्ट बैशाख २ गते वीरगंज महानगरले एक सुचना जारी गर्दै कोरोना संक्रमितको उपचार्थ प्रयोजनाको लागि इच्छुक निजि अस्पतालहरु संग प्रस्तावना मांग गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

करेन्ट लागेर रौतहटको शितलपुरका ३० वर्षिय युवाको मृत्यु

चन्द्रपुर । रौतहटमा बिहिवार  बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.