logo

अग्रवाल छुट्ने पक्का जस्तै,भाई शाहिल र बिवादास्पद ब्यवसायी कौशलले मिलाए सेटिङ

      4/16/2020 गते 00 00 मा प्रकाशित     1665   पटक पढिएको

काठमाडौं, ५ बैशाख । मानवतालाई बन्धकी राखेर संकटको बेला थर्मोगनको कालोबजारी गर्ने शंकर ग्रुपका संचालक शुलभ अग्रवाललाई छुटाउन ठुलै चलखेल भइरहेको छ । 


उनलाई छुटाउनका उनका पिता शंकर गोल्यान भाइ शाहिल अग्रवाल अर्वपति बिनोद चौधरी केही राजनीतिक ब्यक्तिहरु निकै कसरत गरिरहेका छन ।

 

कानूनका कमजोर धाराहरुको अध्ययन  र अनुसन्धानमा एउटा टोली नै परिचालन गरिएको छ । कानूनी छिद्रको सहयोगमा अग्रवाललाई छुटाउन मुद्धा कमजोर बनाउन तल्लिन छन ।

प्रधानमंत्री निकट छु भन्दै हिड्ने बिवादास्पद ब्यवसायी कैलाशचन्द्र गोयललाई मुद्धा कमजोर बनाउन र मुलुकी अपराध संहिता अनुसार अदालतमा मुद्दा दायर हुन नदिन साहिल अग्रवालले परिचालन गरेका छन । 


चीनबाट स्वास्थ्य सामग्री ल्याउने क्रममा २० हजार थान थर्मल गन अग्रवालले भित्र्याएको तथ्य सार्वजनिक भइसकेको छ । तर प्रहरीबाटै यो तथ्य सार्वजनिक भएको भए पनि अग्रवाल पक्राउपछि १ हजार २ सय वटाको मात्रै लगत देखाइनु र कारबाहीको निम्ति अदालती प्रक्रियाबाट नगएर जिल्ला प्रशासन कार्यालयमार्फत् जानुले अग्रवाललाई कम सजाय गराउने प्रपञ्च छताछुल्ल भएको छ । 


अदालतबाट गए पाँच वर्षसम्मको जेल हुनसक्ने र प्रमुख जिल्ला अधिकारीबाट गए बढीमा एक वर्ष कैद सजाय हुने कानुनी व्यवस्थाका कारण अग्रवालमाथि सहानुभूति राख्ने काम गरिएको हो ।

सुवास अग्रवालका नाममा अवैध कारोबार गर्दै आएका उनलाई पक्राउ गर्न प्रहरीले ‘स्टिङ अप्रेसन’ गरेको थियो । उनी पक्राउ परेपछि मात्रै सुलभ अग्रवाल शंकर ग्रुपका उपाध्यक्ष तथा जगदम्बा स्टिलका प्रवद्र्धक भएको रहस्य खुलेको थियो ।

 

सुलभ अग्रवाल भन्ने थाहा पाएपछि उनलाई बचाउन राजनीतिक कसरत शुरु भयो, उद्योग वाणिज्य महासंघ र सीएनआईका उच्च पदाधिकारीहरु उनलाई बचाउन न्वारन देखिको बल लगाउन उद्धत रहे त्यसैको परिणाम हो मुद्धालाई कमजोर बनाइयो ।

प्रहरीको ‘स्टिङ अप्रेसन’बाट पक्राउ परेका अग्रवाललाई अदालतमा उपभोक्तासम्बन्धी कानुनअनुसार पेस गरेको भए कडा कारबाही हुन सक्थ्यो ।

 

तर, जिल्ला प्रशासन कार्यालयमार्फत कालोबजारीसम्बन्धी मुद्दा चलाएर उनलाई जोगाउन उच्च राजनीतिक एवम् व्यावसायिक दबाब परेकाले मुद्दा कमजोर बनाउन चलखेल भएको स्रोतको भनाइ छ । उनलाई बैशाख २ गते पुनः ५ दिनको म्यादथप भएको छ । ५ दिन ७ गते पूरा हुँदैछ । संभवतः उनी ७ गते छुटाउनेगरी सबैतिर सेटिङ मिलाउने काम साहिल र कैलाशले मिलाइसकेका छन् । 

प्रहरी भ्यानको सिसासमेत तोडफोड गर्ने र मिडियामा समेत निक्कै चर्चामा आएको घटना भएकाले अग्रवाललाई मुक्त नगर्न नसके पनि कारबाही न्यून गराउने खेल भएको स्रोतको दाबी छ । उनलाई ५ दिन थुनामा राख्न म्यादथप त भएको छ, तर अब उनी छुट्दैछन्, स्रोतले भन्यो, २० हजार थान थर्मोगन कालोबजारीबाट उनले ३२ करोड भन्दा बढी कमाइसकेका छन् । २–४ करोड खर्च गरेर साहिल अग्रवालले उनलाई छुटाउने बन्दोबस्त मिलाइसकेका छन् । 

स्रोतले भन्यो– ‘महानगरीय अपराध महाशाखाले पक्राउ गरेका अग्रवाललाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ । यसबीचमा ठूलो परिमाणमा थर्मल गन गायब बनाउनेदेखि मुद्दाको प्रकृतिमा समेत चलखेल भएको छ । जसका कारण अग्रवालमाथिको अनुसन्धान नै फितलो बन्दै गएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

करेन्ट लागेर रौतहटको शितलपुरका ३० वर्षिय युवाको मृत्यु

चन्द्रपुर । रौतहटमा बिहिवार  बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.