logo

भारतीय सुरक्षाकर्मीले सीमामा ल्याएर छाडीदिन्छन नेपालीलाई 

      4/17/2020 गते 00 00 मा प्रकाशित     918   पटक पढिएको

मलंगवा ५ बैशाख ।  भारतीय सुरक्षाकर्मीले आफ्नो क्वारेन्टाईनमा राखेका १ सय २३ जना नेपालीलाई सिमा क्षेत्रमा ल्याएर छाडिदिएका छन् ।

भारतीय सुरक्षाकर्मीले ट्रकमा हालेर ती नेपालीलाई कनौली नाका स्थित लखन्देही खोलामा विहिबार राती छाडिदिएका हुुन् ।

सोनवर्षा लगायत ३ ठाउँमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएका नेपालीलाई भारतीय सुरक्षाकर्मीले गएराती लखन्देही खोलाको बाटो देखाईदिएर छाडेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिनु भयो  ।

केही दिनदेखि भारतका क्वारेन्टाईनमा राखिएका नेपालीहरुलाई भारतीय सुरक्षाकर्मीले बिना जानकारी सीमा क्षेत्रमा ल्याएर छाडिदिएका छन्’, प्रजिअ जिसीले भन्नुभयो  ‘राती देखि नै उनीहरुलाई सीमा क्षेत्रमै रोकेर राखिएको छ, अब जिल्लाभित्रै तत्काल क्वारेन्टाईन स्थापना गरेर उनीहरुलाई राख्ने तयारी भईरहेको छ ।’

सशस्त्र प्रहरी उपरीक्षक विनोद राज श्रेष्ठले १ सय २३ जनामध्ये हाल कनौली नाकामा ९५ जना रहेका र अन्य लुकेका हुन सक्ने जानकारी दिनु भयो  । यसअघि नै सर्लाहीमा ६३ जना नेपाली लकडाउन छिचोल्दै भारतबाट छिरिसकेका छन् । उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाईनमा राखेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.