logo

तीन जना भारतीयमा कोरोना संक्रमणको स्रोत पत्ता लागेन ,मध्य तराईमा थप सर्तकताको आवश्यकता

      4/18/2020 गते 00 00 मा प्रकाशित     1446   पटक पढिएको

बीरगंज ६ बैशाख ।
बीरगंजमा तीन जना भारतीयमा कोरोना भाइरसको  संक्रमण पुष्टि भइसके पछि गरिएको आरडीटी टेस्टमा  सबैको रिपोर्ट नेगेटिभ फेला परे पनि जोखिम उस्तै रहेको छ ।

 

उनीहरुलाई उपचारकोलागि  बीरगंजको नारायणी उपक्षेत्रय अस्पतालको आइसोलेशन  वार्डमा भर्ना गरिएको छ । तर अहिलेसम्म उनीहरूको संक्रमणको स्रोत पत्ता लागेको छैन  । स्रोत पत्ता नलागेकै कारण जोखिम पनि उस्तै रहेको छ ।

 

उनीहरुमा कोरोना भाइरसको संक्रमण कसरी भयो भन्ने कुरा निक्र्योल नहुदा सम्म जोखिमको स्तर बढने नै देखिन्छ । 


कोरोना संक्रमीत तीनै जना भारतीय नागरिक हुन उनीहरुले दिएको ट्रभल हिस्ट्रीलाई पत्याउने हो भने उनीहरु बितेको ४ महिना देखी नै नेपालमा छन । उनीहरु नेपालमा रहदा कोरोना भाइरसको संक्रमण कसरी भयो भन्ने प्रश्नको उत्तर अहिले सम्म फेला परेको छैन ।

 

उनीहरुमा संक्रमण कसरी फैलियो भन्ने कुरा पनि पत्ता लाग्न सकेको छैन ।   उनीहरुले आफनो ट्रभल हिस्ट्रीका बारेमा सहि सूचना नदिएको भन्ने सबै निकायको बुझाई समेत रहेको छ ।

बीरगंजमा संक्रमित तीन जना भारतीय नागरिकको सम्पर्कमा आएकाहरुमा प्रयोगशाला परीक्षण र र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परक्षिण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । 

 

पर्सामा ८७ जनाको प्रयोगशालामा र नौ सय २३ जनाको र्‍यापिड टेस्टबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो । त्यसमध्ये भारतीय संक्रमित व्यक्ति रहेको वीरगञ्जको छपकैया क्षेत्रमा नै चार सय जनाको परीक्षण गरिएको थियो ।

उनीहरुमा कोरोना संक्रमण कहाँबाट भयो भन्ने कुरा अझै अन्योलमा नै रहेको पर्साका सहायक प्रजिअ ललित बस्नेतले बताउनु भयो। 

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक वासुदेव पाण्डे वीरगञ्जको कनेक्सन उदयपुरको केससँग हुनसक्ने बताउनुहुन्छ  । तर यसलाई स्थापित गर्ने आधार अहिले फेला परेको छैन । 

 

 उदयुपर र वीरगञ्ज दुवै ठाउँको केसलाई अहिलेसम्म आयातित भन्न सकिन्छ पाण्डेले भन्नु भयो  यदि स्थानीय केस हो भने त संक्रमित भेटिएको ठाउँमा अरु केसहरू भेटिनुपर्ने हो । हामीले त्यहाँ परीक्षण गर्दा संक्रमित नभेटाएकाले दुवै केसलाई स्थानीय भन्न मिल्दैन ।’

 वीरगञ्जमा संक्रमित गएका ठाउँहरूमा छ सय जनामा र्‍‍यापिड टेस्ट गर्दा कसैमा पनि एन्टिबडी पोजेटिभ देखिएन । वीरगञ्जका अन्य ठाउँमा अरु छ सय मानिसमा एन्टिबडी जाँच गर्दा पनि कोरोना पोजेटिभ भेटिएन । त्यसैले यो केसलाई आयातित मान्न नसकिने पाण्डेको तर्क छ । 

उनीहरूले अहिलेसम्म हामीलाई सही जानकारी दिएका छैनन् । उनीहरूले सही जानकारी नदिए पनि एन्टिबडी टेस्टले त ढाँट्दैन नि  । पाण्डेको जोड छ उनीहरुले ट्रभाल हिस्ट्री सहि बताएका छैनन ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.