logo

राहत बितरणको पोखरिया शैलीको सर्वत्र प्रसंशा,राहतसगै सचेतना 

      4/18/2020 गते 00 00 मा प्रकाशित     2541   पटक पढिएको

बीरगंज ६ बैशाख ।
पोखरिया नगरपालिकाले  राहत बितरण  गर्ने तरिकाको यतिवेला चारैतीर प्रशंसा भइरहेको छ ।  अन्य स्थानीय सरकारले पनि यो तरिकालाई पालना गर्दा कोरोना संक्रमणको जोखिम कम हुन्छ । 

 


राहत बितरणकालागि बनाइएको कार्यबिधिले राहत पाउनेहरुको नामावली संचार माध्यवाट सार्वजनीक गर्नु पर्ने एउटा शर्त तोकेको छ ।

 

त्यो शर्तको पालनमा गर्नका लागि बिज्ञज्ञहरुले स्थानीय तहलाई सुझाव दिएका छन । राहत पाउनेहरुको नामावली संचार माध्यमबाट सार्वजनीक गर्दा राहतमा रोइलो हुने सम्भावना घटेर जाने उनीहरुको  तर्क छ । 

पोखरिया नगरपालिकाले राहत बितरणसमा सामाजिक दुरीलाई जसरी कायम गर्यो त्यसले संक्रमणको जोखिम प्रति स्थानीय सरकार सम्बेदनशील छ भन्ने देखाउछ । राहत लिनेहरुले पनि जुन र्धैयता देखाएर आफनो पालो पर्खे त्यसले पनि उनीहरुमा आफूले गर्नु पर्ने आनी वानी परिर्वतनका बिषयमा ज्ञान दियो । 

सुरक्षती रहदै पोखरिया नगरपालीका वडा नम्बरहरु १, ७ ,९ र १० मा  राहत बितरण गरिएको छ । वडा नम्बर १ मा १ सय ९१ घरघुरी मा वडा नम्बर ७ मा १ सय ३३ घरधुरी वडा वडा नम्बर ९ मा १ सय ३० घरधुरी र वडा नम्बर १० मा ८४ घरदुरीलाई राहत बितरण गरिएको हो ।

राहतमा चामल २५ किलो, तेल १ किलो, दाल २ किलो, नुन २ किलो, आलु ५ किलो, प्याज २ किलो ,सोयाबिन ५०० ग्राम , नुहाउने र लुगा धुने साबुन २–२ पिस बितरण गरियो।

वितरण कार्यक्रममा पोखरिया नगरपालीकाका नगर प्रमुख दिपनारायण रौनियार, उप प्रमुख सलमा खातुन, पर्सा क्षेत्र नम्बर ३ का निलम्वीत सांसद हरिनारायण प्रसाद रौनियार, संविधान सभा सदस्य प्रधुमन प्रसाद चौहान  लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

करेन्ट लागेर रौतहटको शितलपुरका ३० वर्षिय युवाको मृत्यु

चन्द्रपुर । रौतहटमा बिहिवार  बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.