logo

हरिवनमा प्रकोप ब्यवस्थापन कोषमा नेकपाले डेढलाख बढी सहयोग उपलब्ध गरायो 

      4/19/2020 गते 00 00 मा प्रकाशित     1203   पटक पढिएको

हरिवन ७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी  हरिवन नगर कमिटीले प्रकोप व्यवस्थापन कोषमा १ लाख ५६ हजार ६९५ रुपैंया सहयोग गरेको छ ।

 

हरिवन नगरपालिकाले स्थापना गरेको कोषमा पार्टीको तर्फबाट रकम उपलब्ध गराइएको नेकपाका नेता चूडामणि वाग्लेले जानकारी दिनु भयो ।

नगरपालिकाका प्रमुख गणेश प्रसाईलाई सहयोग रकम हस्तान्तरण गरेको उहाँले बताउनु भयो ।  पार्टी सदस्य एवं शुभेच्छुकहरुबाट स्वतस्फूर्त रुपमा सहयोग प्राप्त भएको रकम मेयर प्रसाईंलाई हस्तान्तरण गरिएको नेता वाग्लेले बताउनु भयो ।

 

नेकपाले सहयोग संकलन गर्नका लागि केही दिनअघि विदुर प्याकुरेल, अर्जुन पन्त, रामहरि प्रसाईं, उत्तरकुमार मैनाली, रामप्रसाद घिमिरे र चूडामणि वाग्ले रहेको कमिटी बनाएको थियो । कमिटीका सदस्यहरुको सक्रियतामा रकम संकलन भएको र मेयर प्रसाईंलाई हस्तान्तरण गरिएको हो ।

 

नगद हस्तान्तरण कार्यक्रममा नेकपा केन्द्रीय सदस्यद्वय अच्युतम काफ्ले र बद्रीप्रसाद न्यौपाने, प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेती, नेता राजकुमार उप्रेती, उपमेयर रेणुका पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कोरोना भाईरस ९कोभिड–१९० को संक्रमणबाट बचाउन सरकारले गरेको लकडाउनका कारण अफ्ठयारोमा परेका विपन्न परिवारलाई खाद्यान्न लगायत राहत वितरण गर्नका लागि हरिवन नगरपालिका कार्यालयले स्थापना गरेको कोषमा आईतबारसम्म ३८ लाख रुपैंया संकलन भईसकेको मेयर प्रसाईंले जानकारी दिनु भयो  ।

 

‘नगरपालिका आफैले ११ लाख रुपैंया जम्मा गरेर स्थापन गरेको कोषमा आजसम्म ३८ लाख रुपैंया पुगिसकेको छ ।

 

बाहिरबाट हरिवनका विभिन्न शैक्षिक संस्थामा अध्ययन गर्न भाडामा बसेका १३ विद्यार्थी सहित ४ हजार १ सय ८० घरधुरीलाई २५ किलो चामल, दाल, तेल, नुन सहित खाद्यान्न राहत स्वरुप वितरण गरिसकेका प्रमुख प्रसाईले जानकारी दिनु भयो । राहत बितरण लगायतका काममा नगरपालिकालेल्  ६३ लाख हाराहारी खर्च गरिसकेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.