logo

कालोबजारी गर्ने शर्मा प्रहरी नियन्त्रणमा, अखाद्य दाल राहतमा बितरणगरे पछि प्रशासनले लिएको थियो एक्शन

      4/19/2020 गते 00 00 मा प्रकाशित     908   पटक पढिएको

बीरगंज ७ बैशाख ।  राहत बितरणमा अखाद्य दालको आपूर्ती र कालो बजारी गरेको आरोपमा बारा प्रहरीले बीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण शर्मालाई पक्राउ गरेको छ ।


शर्मालाई शनिवार साँझ पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कलैयाको हिरासतमा राखिएको बारा प्रहरीले जनाएको छ ।

कलैयास्थित यादव कोल्ड स्टोरमा राखिएको खान अयोग्य दाल राहतमा वितरण गरेको उजुरीपछि प्रहरीले कोल्ड स्टोरमा छापामारी ठूलो परिणाममा रहेको दाल नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको थियो ।

प्रहरीले गुणस्तरहिन दाल विक्री वितरण गरेको आरोपमा दाल मिलका सञ्चालक शर्मालाई पक्राउ गरी कालोबजारी ऐन अन्तरगत मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ ।

सो अभियोगमा अहिलेसम्म प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कालाबजारीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको र मुद्दाको अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

दाल कालोबजारी गरेको आरोपमा कलैया उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतलाई समेत प्रहरीले कानुनी दायरामा ल्याउने तयारी गरेको प्रहरी स्रोतले जनाएको छ ।

दाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका धन लक्ष्मी दाल मिलका संचालक शर्मालाई नेकपा बाराका केही नेता प्रहरीलाई दबाब दिईरहेको प्रहरी स्रोतले जनाएको छ ।

 

शर्मालाई हिरासत मुक्त गराउन उद्योग वाणिज्य संघ बाराका केही पदाधिकारी समेत प्रहरीलाई दबाब दिईरहेको प्रहरी स्रोतको दाबी छ । दाल कालोबजारी मुद्दामा केही जनप्रतिनिधि, केही कर्मचारी लगायतलाई प्रहरीले कानुनी दायरामा ल्याउने तयारी गरेको प्रहरी स्रोतले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.