logo

कैलालीका २१ वर्षीय युवकलाई पनि निको भयो,निको हुनेको संख्या चार पुग्यो

      4/19/2020 गते 00 00 मा प्रकाशित     971   पटक पढिएको

बीरगंज ७ बैशाख
लम्की चुँहा नगरपालिका–९ का २१ राज विक कोरोना संक्रमणको उपचार गरेर घर फर्किनु भएको छ  ।
सेती प्रादेशिक अस्पतालमा दुईसाता उपचारका लागि बस्नु भएका विकलाई कारोनाको संक्रमण ठिक भएपछि घर पठाइएको हो ।


दुई सताको उपचारपछि पछिल्लो पटक गरिएको परीक्षणले बिकमा कोरोना नेगेटिभ  देखिएको छ ।
विक चैत ११ गते मुम्वईबाट कैलाली पुग्नु भएको थियो  । उहाँलाई चैत २३ गते कोरोना देखिएको थियो । लम्की चुँहा नगरपालिका–९ स्थित प्रतापपुरको क्वारेन्टाइनमा रहेका ४१ जनामध्ये उहाँमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । 


उहाँले आफूले राम्रो उपचार पाएको बताउनु भयो । उहाँले चिकित्सकको सल्लाह अनुरुप आफू अझै १५ दिन आइसोलेशनमा बस्ने बताउनु भयो । 


सो अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, अस्पतालका अध्यक्ष दुर्गाप्रसाद जोशी र अस्तालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डे लगायतको सहभागिता रहेको थियो। उहाँलाई लाली गुँरासको फुल दिएर विदा गरिएको थियो । उहाँलाई सेती अञ्चल अस्पतालको एम्बुलेन्सले घर पुर्याएको थियो ।


। घरको आर्थिक अवस्था कमजोर भएकोले १२ वर्षको उमेरदेखि बि.कको नै रोजगारीका लागि मुम्वई जाने आउने थियो ।


बि.क १६ दिनको अस्पताल बसाईपछि पूर्ण रुपमा निको भएर घर फर्किनु भएको हो ।उहाँलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। कोरोना देखिएको १६ दिनमै बि.क डिस्चार्ज हुनु भएको हो । बि.क कैलालीको गौरीफन्टा नाका भएर घर फर्किनु भएको थियो । 


हिजो मात्रै काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट एक जना र बाग्लुङ अस्पतालबाट ६५ वर्षीय महिला पनि कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए ।यो संगै कोरोना भाइरसको संक्रमण पुष्टि भएका मध्य उपचार पछि चार जना घर फर्किएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

करेन्ट लागेर रौतहटको शितलपुरका ३० वर्षिय युवाको मृत्यु

चन्द्रपुर । रौतहटमा बिहिवार  बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.