logo

साम्प्रदायिक बिद्वेष फैलाउनेलाई नियन्त्रणमा लिइ कारवाही गरिने 

      4/19/2020 गते 00 00 मा प्रकाशित     1061   पटक पढिएको

बीरगंज ७ बैशाख । 
कोभिड १९ तथा अन्य कुनै पनि नाममा समाजमा जातीय धार्मिक वा साम्प्रदायिक बिद्वेष फैलाउन खोज्नेलाई  तत्काल नियन्त्रणमा लिइ कारवाही गर्ने निर्णय भएको छ ।

 

आइतवार सम्पन्न  जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले बिभिन्न जाति धर्म  र सम्प्रदायहरुवीचको सु सम्बन्धमा खलल पार्ने किसिमका गतिविधि हुन नदिने तर्फ सबै सचेत रहने निर्णय पनि गरेको छ । 

 


पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीको अध्यक्षतामा बसेको बैठकले राहत बितरणलाई अझ ब्यवसस्थत बनाउने निर्णय गरेको छ । राहतको नामावली संकलन गर्ने र सबै दलको प्रतिनिधित्व रहेको स्थानीय बिपद ब्यवस्थापन समिति वा सयंन्त्र मार्फत बितरण गर्न लगाउने निर्याय गरेको छ । 


त्यसैगरि नारायणी अस्पताललाई कोभिड अस्पताल घोषणा भइसकेपछि  नारायणी अस्पतालले दिने सेवा नेशनल मेडिकल कलेजले प्रदान गर्ने भएको छ ।

 

नारयाणी अस्पतालले दिदै आएको सेवा मेडिकल कलेजले पनि सोही  अनुरुप दिनु पर्ने निर्णय भएको छ । आजको बैठकले नेपाल सरकारले तोके बमोजीमको सेवा शुल्कमा बिरामीहरुलाई सेवा सुविधा दिए नदिएको बिषयमा  अनुमगन गरि नेपाल सरकारको निर्णय पालनमा गर्न लागाउने निर्णय गरेको छ । 


बैठकमा जिल्ला समन्वय समितिका सभापति नेक महम्द अन्सारी नेकपाका पर्सा अध्यक्ष प्रभू हजरा, नेपाली कांग्रेसका सभापति अजय कुमार द्विवेदी राजपका जिल्ला अध्यक्ष जगदीश पटेल समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम नरेश यादवको सहभागिता रहको थियो । 


बैठकमा नेपाल प्रहरी ,सेना ,शसस्त्र प्रहरी अनुसन्धानका प्रमुखहरुको पनि सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.