logo

साम्प्रदायिक बिद्वेष फैलाउनेलाई नियन्त्रणमा लिइ कारवाही गरिने 

      4/19/2020 गते 00 00 मा प्रकाशित     922   पटक पढिएको

बीरगंज ७ बैशाख । 
कोभिड १९ तथा अन्य कुनै पनि नाममा समाजमा जातीय धार्मिक वा साम्प्रदायिक बिद्वेष फैलाउन खोज्नेलाई  तत्काल नियन्त्रणमा लिइ कारवाही गर्ने निर्णय भएको छ ।

 

आइतवार सम्पन्न  जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले बिभिन्न जाति धर्म  र सम्प्रदायहरुवीचको सु सम्बन्धमा खलल पार्ने किसिमका गतिविधि हुन नदिने तर्फ सबै सचेत रहने निर्णय पनि गरेको छ । 

 


पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीको अध्यक्षतामा बसेको बैठकले राहत बितरणलाई अझ ब्यवसस्थत बनाउने निर्णय गरेको छ । राहतको नामावली संकलन गर्ने र सबै दलको प्रतिनिधित्व रहेको स्थानीय बिपद ब्यवस्थापन समिति वा सयंन्त्र मार्फत बितरण गर्न लगाउने निर्याय गरेको छ । 


त्यसैगरि नारायणी अस्पताललाई कोभिड अस्पताल घोषणा भइसकेपछि  नारायणी अस्पतालले दिने सेवा नेशनल मेडिकल कलेजले प्रदान गर्ने भएको छ ।

 

नारयाणी अस्पतालले दिदै आएको सेवा मेडिकल कलेजले पनि सोही  अनुरुप दिनु पर्ने निर्णय भएको छ । आजको बैठकले नेपाल सरकारले तोके बमोजीमको सेवा शुल्कमा बिरामीहरुलाई सेवा सुविधा दिए नदिएको बिषयमा  अनुमगन गरि नेपाल सरकारको निर्णय पालनमा गर्न लागाउने निर्णय गरेको छ । 


बैठकमा जिल्ला समन्वय समितिका सभापति नेक महम्द अन्सारी नेकपाका पर्सा अध्यक्ष प्रभू हजरा, नेपाली कांग्रेसका सभापति अजय कुमार द्विवेदी राजपका जिल्ला अध्यक्ष जगदीश पटेल समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम नरेश यादवको सहभागिता रहको थियो । 


बैठकमा नेपाल प्रहरी ,सेना ,शसस्त्र प्रहरी अनुसन्धानका प्रमुखहरुको पनि सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.