logo

बीरगंजको मौजेसिर्सियाका पटेल मृत अवस्थामा फेला ,रौहतटमा कुटेरै हत्या

      4/19/2020 गते 00 00 मा प्रकाशित     4113   पटक पढिएको

बीरगंज ७ बैशाख ।
वीरगन्जमा एक युवकको वीभत्स तरिकाले हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मौजेसिर्सिया टोलका २६ वर्षीय रवि पटेलको शव फेला परेको हो ।

 वीरगन्जको सुख्खा बन्दरगाहाको पुर्वपट्टि रहेको मौजेसिर्सिया टोलमै पर्ने टाउँन प्लानिङ्ग (नगर विस्तार) को प्लटिङ्गमा आज विहान पटेलको शव फेला परेको हो ।

 

बिहान शौच गर्न निस्किएका स्थानीय महिलाले प्लाटिङ्गमा शव देखेपछि गाउँमा हल्ला गरेका थिए । मृतकका आफन्तले पटेलको शव पहिचान गरेका थिए ।

 

पटेलको मुख, हातखुट्टामा गम्भिर चोट लागेको छ भने, उनको घाँटी समेत कपडाले कस्सिएको फेला परेको प्रहरीले जनाएको छ । उनलाई हत्या गरी फालिएको  हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले घटना स्थलको मुचुल्का उठाई मृतकको शव  पोष्ट मार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ ।

 

घटनाको बारेमा थप अनुसन्धान भईरहेको पर्साका प्रहरी नायब उपरिक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो । राती खाना खाएपछि अपच भएको भन्दै खाना पचाउने जलजिरा खरीद गर्न घरबाट निस्केका पटेल घर फर्किएनन ।  

 

उनका पिता मनोज पटेलले अबेररातिसम्म घर नफर्केपछि साथीहरु संग गफ गरिरहेको हो भन्ने ठानेर खोजीनीति नगरेको बताउनु भयो ।

यसैवीच रौतहटको कटहरिया नगरपालिका १ भसेडबा टोलमा गएराती एक युवाको कुटपिट बाट हत्या भएको छ ।
स्थानीय रामएकबाल रायको २५ बर्षिय छोरा सन्जिब राय लाई टोलकै केही व्यक्तिहरुले हत्या गरेको बताइएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजना लाइ पक्राउ गरेको छ ।शबलाई पोस्टमार्टमका लागि गौर अस्पताल लगिएको र घटनाको अनुशनधान भैरहेको प्रहरीले जनाएको छ ।


 

 

’ पटेल स्थानीय एक उद्योगमा रोजगारी गरेर जिविकोपार्जन गर्दै आएका थिए । अहिले उद्योग बन्द भएपछि घरमै बस्दै आएका थिए । पटेलका २ सन्तान छन । एक तीन बर्षका छोरा र २ बर्षको एक छोरी रहेको परिवारजनले जनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.