logo

स्वास्थ्य सुरक्षा र सञ्चारकर्मीप्रति कांग्रेस नेताको उच्च सम्मान ,सुरक्षा कवच उपलब्ध गराउन माग

      4/20/2020 गते 00 00 मा प्रकाशित     888   पटक पढिएको

बीरगन्ज, ८ बैशाख । नेपाली कांग्रेसका नेताहरुले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको स्वास्थ्यप्रति उच्च संवेदनशीलता देखाई आवश्यक सुरक्षा कवचको व्यवस्थापन गर्न माग गरेका छन ।  

नेपाली काँग्रेस पर्साका नेताहरुले गण्डक अस्पताललाई तत्काल कोभिड अस्पतालको रुपमा संचालनमा ल्याउन माँग गरेको छन । उनीहरुले आज एक संयुक्त बिज्ञपित जारी गर्दै बीरगंज महानगरपालिका र गण्डक अपतालवीच कोभिड अस्पताल संचालनका बिषयमा सम्झौता भइसकेको अवस्थामा गण्डक अस्पताललाई संचालनमा ल्याउन माँग गरेका हुन । उनीहरुले नारायणी अस्पतालमा उपचारलागि भर्ना भएका ४ जना कोरोना संक्रमीत बिरामीलाई समेत उपचारकोलागि गण्डक अस्पतालमा सार्न माँग गरेका छन । 


उनीहरुले जारी गरेको बिज्ञप्तिमा  नारायणी अस्पतालको आकस्मिक, ओपीडी, प्रसुति लगायतको सेवा यथासिघ्र सुचारु गर्न माग गरेका छन् । 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्धय रमेश रिजाल र अजय चौरसिया, पूर्व मन्त्री सुरेन्द्र चौधरी, सम्बिधान सभाका सदस्य अनिल रुङ्गटा, प्रदेश सभा सदस्यहरु ओमप्रकाश शर्मा, राजेश्वर साह तेली र शंकर चौधरी, जिविस पर्साका पूर्व सभापति जनार्दन  नेताहरु  रामरुप कुर्मी, रामनारायण कुर्मीले संयुक्त बिज्ञप्ति जारी  गरेका हुन ।

विज्ञप्तिमा नारयाणी अस्पतालमा जडान गरिएको पिसीआर मेशिनमा अन्य उपकरणको ब्यवस्था गरि थ््रोट स्वाब परिक्षणको ब्यवस्था मिलाउन बिज्ञप्ति मार्फत माँग गरिएको छ । 

राहत बितरणलाई बैज्ञानिक र पारदर्शी बनाउन सर्वदलीय समिति बनाउन , किसानलाई खेतीपाती गर्न लकडाउनमा आंशिक छुट दिन , यो अवधिको किसान र उद्योगीको व्याज मिनाहा गर्न सरकारले व्यवस्था मिलाउनुपर्ने सुझाव बिज्ञप्ति मार्फत दिइएको छ ।

संसदीय विकास कोषको सम्पूर्ण रकम कोरोना रोकथाम, नियन्त्रण र राहत वितरणमा खर्च गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै नेताहरुले अलपत्र परेकालाई घर पु¥याउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.