logo

आफनै नागरिकलाई अखाद्य दाल बितरण गरेको आरोपमा कलैया उपमहानगर प्रमुख यादव पक्राउ

      4/21/2020 गते 00 00 मा प्रकाशित     1093   पटक पढिएको

बीरगंज ९ बैशाख । 
राहतमा कुहिएको दाल बितरण गरेको आरोप लागेका कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवलाई बारा प्रशासनले पक्राउ गरेको छ ।

 

उहाँलाई जिल्ला प्रशासन कार्यालय बारामा राखिएको  बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

गुणस्तरहीन दाल राहत स्वरुप नगर प्रमुख यादवले वडाहरुमा बितरण गराएपछि स्थानीय र राजनीतिक दलले गुनासो गरेका थिए । जनताको गुनासोका आधारमा स्थानीय प्रशासनले चैत २९ गते नमुना संकलन गरि ३ सय ८० बोरा दाल शिलबन्दी गरिएको थियो । 

 


नमुना दाल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौमा परिक्षणकालागि पठाइएकोमा कार्यालयको प्रयोगशालाले दाल खान अयोग्य रहेको प्रमाणीत गरेपछि स्थानीय प्रशासन कार्यवाहीको दिशामा अगाडि बढेको हो ।

 

राहत बितरणमा अखाद्य दाल बितरणमा संलग्नहरुलाई कारावही माँग गर्दै उपभोक्ता हित संरक्षण मंच कलैया उपमहानगर कमिटीले पनि बारा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको थियो ।

 

राहत बितरणमा अखाद्य दालको आपूर्ती र कालो बजारी गरेको आरोपमा बारा प्रहरीले बीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण शर्मालाई पक्राउ बैशाख ७ गते पक्राउ गरेको थियो ।

 

कुहिएको दाल राहतमा बितरण गरेको आरोपमा यस अघिकलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं। ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव लाई प्रहरीले पक्राउ गरिसहेको छ ।

 

त्‍यस्तै यसै प्रकरणमा वडा नम्बर ११ का अध्‍यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का अध्‍यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्‍यक्ष महेश साहलाई पनि पक्राउ गरेको थियो।

 

राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई चार वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर रायलाई पक्राउ गरिएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिनु भयो।

पक्राउ परेका वडाध्यक्षहरुले राहतकालागि पाएको दाल आफूहरुले किनेको नभइ उपमहानगरप्रमुख यादवले पेश्की स्वरुप उपलब्ध गराएका बयान दिएकोले नगर प्रमुखलाई पनि पक्राउ गरिएको स्रोतले जनाएको छ ।

 

चैत २९ गते नै प्रमुख यादवले एक बिज्ञप्ति जारी गरि अखाद्य दाल बितरणमा आफनो संलग्नता नरहेको दावी गर्नु भएको थियो । प्रमुख राय यादवलाई छोडन दवाव दिनकालागि कलैया जिल्ला प्रशासन कार्यालय तर्फ नेपाली कांग्रेसका नेताहरुको बाँक्लो उपस्थिति रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

करेन्ट लागेर रौतहटको शितलपुरका ३० वर्षिय युवाको मृत्यु

चन्द्रपुर । रौतहटमा बिहिवार  बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.