logo

उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ ,संक्रमीतको संख्या ४२ पुग्यो

      4/21/2020 गते 00 00 मा प्रकाशित     1000   पटक पढिएको

बीरगंज ९ बैशाख । 
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केबस्तीका आठजनाको धरानस्थित् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पुनः परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको छ।

 मंगलबार विहान कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा क्रस भेरिफाई गर्न पठाइएको थियो ।

प्रतिष्ठानमा गरिएको परीक्षणमा समेत उनीहरुको कोरोना पोजेटिभ आएको हो । उदयपुरको मस्जिदमा यसअघि १३ जनामा कोरोना देखिएको थियो । आजै दिउँसो पनि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दाको  कोरोना संक्रमण जाँच गर्दा ३ जनामा  कोरोना पुष्टि भएको छ  । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

आजै उदयपुरबाट संकलन गरेर ल्याइएका ३२० नमूनामध्ये परीक्षण गरिएको एक व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। एकैपटक १३ जना संक्रमित देखिएको उदयपुर त्रियुगा नगरपालिका ३ भुल्केबस्तीको मस्जिद वरपरका उनीहरूको थ्रोट स्वाब नमूना परीक्षण गरिएको थियो।

६ वैशाखमा नमूना संकलन गरिएका ६९ जनाको परीक्षण गर्दा कोशी अञ्चल अस्पतालको ल्यावमा आठजनाको नतिजा पोजिटिभ आएको थियो। आठैजनालाई आज बिहान एम्बुलेन्समार्फत् विराटनगर लगिएको थियो। त्यहाँको आइसोलेसनामा भर्ना गरिएको छ।

कोभिड १९ का बिरामी भेटिएपछि सिल गरिएको भुल्केबस्ती र आसपासको क्षेत्रमा दुई दिनअघिबाट नेपाली सेनाको चिकित्सक टोलीले थ्रोट स्वाब नमूना संकलन गरिरहेको छ।

नेपालमा अहिलेसम्म ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यसमध्ये २२ जना उदयपुरमै भेटिएका हुन्।

संक्रमितमध्ये कैलालीका दुई, काठमाडौं र बागलुङमा गरेर पाँजना निको भएर घर फर्किसकेका छन्। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.