logo

लकडाउनको ३० औ दिन ,जकपुरमा उपमहानगरले गरेन राहत बितरण

      4/22/2020 गते 00 00 मा प्रकाशित     932   पटक पढिएको

जनकपुरधाम १० बैशाख । 
प्रदेश नं २ को प्रशसनकी मुख्यालय रहेको जनकपुरमा उपमहानगरपालिकाले अहिले सम्म राहत बितरण गरेको छैन । अन्य स्थानीय सरकारले दोश्रो चरणको राहत समाग्री बितरण गरिसक्दा जनकपुरधाम उपमहानगरपालिकाले भने राहत बितरण गरेको छैन ।

 

जनपुरमा दैनीक ज्यालादारीमा जीवन चलाउने मजदुर बर्ग नभएर राहत दिन नपरेको पो हो की रु त्यस्तो पनि होइन । राहत नपाएर गुनासो गर्ने श्रमजीवी नागरिकको संख्या ठुलै छ । स्थानीय रुपमा सहयोग जुटाएर उनीहरुको आवश्यकता टार्ने काम भइरहेको छ ।


अव त्यसरी टार्न पनि समस्या हुन थालेपछि उपमहानगरको नेतृत्व बिरुद्ध वडाध्यक्षहरुले पत्रकार सम्मेलन गरेका छन । 
लकडाउन ३० औ दिनमा चल्दै छ जनकपुर उपमहानगरले राहत बितरण गरेको छैन ।

 


जनप्रतिनिधिहरुका अनुसार उपमहानगर प्रमुख लालकिशोर साह कमिशनको चक्करमा परेकोले राहत बितरणमा ढिलाई भएको हो । उपमहानगरले जनकपुरमै राहत समाग्री पाउने हुदा हुदै पनि बिराटनगरबाट अपरादर्शी तरिकाबाट सामान खरिद गरिएकोले पनि अलोचना बढदो छ । 

 जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश वडा अध्यक्षहरुको संयुक्त विज्ञिप्त प्रकाशीत गरेर जनकपुरधाम नगर क्षेत्र भित्र बसोबास गर्ने गरिब,असहाय,विपन्न परिवार लगायत दैनिक ज्यालादारी गरेर गरेर जिवन निर्वाह गर्दै आएकाहरुलाई दिने पर्ने राहत नदिइएकोमा दुःख ब्यक्त गरेका छन । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष परमेश्वर साहले मेयर जहिलेपनि भाईभतिजा र भान्जाको आडमा कमिसनको खेलामा लागेको आरोप लगाउनु भयो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.