logo

लकडाउनको ३० औ दिन ,जकपुरमा उपमहानगरले गरेन राहत बितरण

      4/22/2020 गते 00 00 मा प्रकाशित     1026   पटक पढिएको

जनकपुरधाम १० बैशाख । 
प्रदेश नं २ को प्रशसनकी मुख्यालय रहेको जनकपुरमा उपमहानगरपालिकाले अहिले सम्म राहत बितरण गरेको छैन । अन्य स्थानीय सरकारले दोश्रो चरणको राहत समाग्री बितरण गरिसक्दा जनकपुरधाम उपमहानगरपालिकाले भने राहत बितरण गरेको छैन ।

 

जनपुरमा दैनीक ज्यालादारीमा जीवन चलाउने मजदुर बर्ग नभएर राहत दिन नपरेको पो हो की रु त्यस्तो पनि होइन । राहत नपाएर गुनासो गर्ने श्रमजीवी नागरिकको संख्या ठुलै छ । स्थानीय रुपमा सहयोग जुटाएर उनीहरुको आवश्यकता टार्ने काम भइरहेको छ ।


अव त्यसरी टार्न पनि समस्या हुन थालेपछि उपमहानगरको नेतृत्व बिरुद्ध वडाध्यक्षहरुले पत्रकार सम्मेलन गरेका छन । 
लकडाउन ३० औ दिनमा चल्दै छ जनकपुर उपमहानगरले राहत बितरण गरेको छैन ।

 


जनप्रतिनिधिहरुका अनुसार उपमहानगर प्रमुख लालकिशोर साह कमिशनको चक्करमा परेकोले राहत बितरणमा ढिलाई भएको हो । उपमहानगरले जनकपुरमै राहत समाग्री पाउने हुदा हुदै पनि बिराटनगरबाट अपरादर्शी तरिकाबाट सामान खरिद गरिएकोले पनि अलोचना बढदो छ । 

 जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश वडा अध्यक्षहरुको संयुक्त विज्ञिप्त प्रकाशीत गरेर जनकपुरधाम नगर क्षेत्र भित्र बसोबास गर्ने गरिब,असहाय,विपन्न परिवार लगायत दैनिक ज्यालादारी गरेर गरेर जिवन निर्वाह गर्दै आएकाहरुलाई दिने पर्ने राहत नदिइएकोमा दुःख ब्यक्त गरेका छन । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष परमेश्वर साहले मेयर जहिलेपनि भाईभतिजा र भान्जाको आडमा कमिसनको खेलामा लागेको आरोप लगाउनु भयो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.