logo

पूर्वी चम्पारणमा पनि संक्रमणको प्रवेश,बिहारमा आज पन्ध्र संक्रमीत फेला 

      4/22/2020 गते 00 00 मा प्रकाशित     1084   पटक पढिएको


बीरगंज १० बैशाख ।
बिहारमा पनि कोरोनाको संक्रमण तेज रफ्तारमा छ । बिहारमा कोरोना भाइरसको संक्रमीतको संख्या १४१ पुगेको छ । बुधवार मात्त नयाँ १५ जना संक्रमीत फेला परे ।

 

यस मध्य ८ पटनामा फेला परेका हुन । पटनाको खाजपुरमा ६ कोरोना भाइरसका संक्रमीत फेला परेका हुन । दिउसो ४८ ३४ र २५ वर्षका तीन पुरुषमा कोरोना भाइरसको संक्रमण पोजेटिभ फेला परेको थियो ।

 

पटनाको जगदेव पथमा २४ वर्षका युवा  सलिमपुरमा ३५ वर्षका युवा पनि संक्रमण देखिएको छ । पटनमा संक्रमीतको संख्या १६ पुगेको छ ।  

  भागलवपुरको नवगाछियाका ३३,४० र ४६ वर्षका तीन पुरुषमा र १९ वर्षिया युवतीको रिर्पोट पनि पोजिटिभ आएको छ । एक जना बाका जिल्लाको अमरपुरका हुन ।

 

उनको उमेर २५ वर्ष छ ।नालदाको बिहारशरीफमा पनि ४६ वर्षिया महिलामा संक्रमण फेला परेको छ । पूर्वी चम्पारण जिल्लामा कोरोना संक्रमणको पहिलो पोजेटिभ केश फेला परेको छ । २५  वर्षका एक युवकमा कोरोना संक्रमण फेला परेको छ । 

कोरोना भाइरसको संक्रमणका कारण भारतमा मर्नेहरुको संख्या ६ सय ६० पुगेको छ । बुधवार १० जनाको ज्यान गएको छ । गुजरातमा पाँच,महाराष्ट्र आन्द्र प्रदेशमा दुई दुई जना र उत्तरप्रदेशको अलीगढमा उक जनाको ज्यान गएको हो ।

 

अहिले सम्म महाराष्ट्रमा २५३ ,गुजरातमा ९५ मध्यप्रदेशमा ८० दिल्लीमा ४७  राजस्थानमा २६ तेलंगानमा २३ आन्द्रप्रदेशमा २४ उत्तरप्रदेशमा २२ तामिलनाडुमा १८ कर्नाटकमा १७ पश्चिम बंगालमा १५ जनाको ज्यान गएको छ । भारतमा संक्रमीतको संख्या २० हजार ५ सय ४४ पुगेको छ भने उपचार पनिछ घर फर्किनेको संख्या ४ हजार १ सय २२ रहेको छ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.