logo

राहत नपाएको झोकमा जिराभवानीमा नागरिक र प्रहरीवीच झडप सात घाइते ,बिन्दवासीनीमा बितरण 

      4/22/2020 गते 00 00 मा प्रकाशित     1099   पटक पढिएको

बीरगंज १० बैशाख ।
पर्साको जिराभवानी गाउँपालिकामा राहत वितरणको विषयमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ । राहत बितरणमा ढिलाई भएको भन्दै बैशाख १० गते करिब ३ सयको संख्यामा दलित, विपन्न वर्गका महिला बालबालिका र पुरुषहरु दिउसो गाउँपालिकको कार्यालय घेराउ गर्न पुगेका थिए । सोही क्रममा झडप भएको हो  ।

 


झडपमा कृपा दैनीकका सम्वाददाता ३२ वर्षिय कृष्ण मोहन साह सहित सात जनासामान्य घाइते भएका छन । उनीहरु  स्थानीय स्वास्थ्य चौकमा उपचार पछि घर फर्किएका छन ।


राहत वितरणमा ढिलो भएको भन्दै गाउँपालिका कार्यालय पुगेका स्थानीयले आक्रोशमा आएर ढुंगामुढा गर्न थालेपछि सशस्त्र प्रहरीले रोक्दा झडप भएको गाउँपालिकाकी उपाध्यक्ष उषा देवी थारुले बताउनु भयो  । लकडाउनका कारणले प्रभावितका लागि राहत वितरणका लागि प्रदेश सरकारले गाउँपालिकामा १० लाख रुपैयाँ पठाएको छ।

 


तर प्रदेश सरकारबाट आएको १० लाख रुपैयाले अपुग भएपछि रकम थप गर्ने विषयमा प्रकृयामा लाग्दा राहत वितरणमा ढिला हुन पुगेको उपाध्यक्ष थारुको भनाई छ  । राहत बोकेर आउदै गरेको गाडी बाटोमै थियो थारुले भन्नु भयो “गाडी नआइपुग्दै दःखद घटना भयो । 

 


बुधबार साँझसम्म राहतका सबै सामान आइ पुग्ने र बिहिबार देखि सबै वडामा राहत वितरण गरिने उहाँले बताउनु भयो ।
वडा नम्बर २ का वडाध्यक्ष महादेव महत्तो थारुले राहत वितरणका लागि कार्यालयमा गाँउपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुबीच छलफल भइरहेका बेला आक्रोशित स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बन्न पुगेको बताउनु भयो ।
स्थानीयले ९ ओटा सरकारी र प्राभेट गाडीहरू तोडफोड समेत गरेका छन ।

 

ना १ ब ३५७८ ना १ ब ३५८८, ना १ ब ३५८६, ना १ ब ३५८७, ना २२ प २४३०,ना ५५प ६४९४,ना ३५ प २३९ गाउँपालीकामा रहेका जेसीबी र रोलर फर्निचर लगाएत समेतमा पनी तोडफोड भएको वार्ड नम्बर दुई का वडाध्यक्ष महादेव महतो थारुले बताउनु भयो ।यसैवीच गाउँपालिकामा वडा  नं. ३ वाहेक अन्य वडामा राहत वितरण सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. १, २, ४ र ५ मा पहिलो चरणको राहत वितरण सम्पन्न भएको निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार रौनियारले वताउनु भयो  ।

राहतमा चामल २० किलो, दाल एक किलो, नुन एक किलो, आलु ५ किलो, प्याज २ किलो र तोरीको तेल एक किलो वितरण गरिएको प्रशासकिय अधिकृत रौनियार जानकारी दिनु भाये  । रौनियारका अनुसार एउटा वडामा एक सय ३५ घरदुरी गरी ६ सय ७५ घरदुरीलाई राहत वितरण गर्नु पर्नेमा हाल सम्म ५ सय ४० घरधुरीलाई राहत वितरण गरिएको छ ।

 


५ वटा वडा रहेको गाउँपालिकामा वडा नं. ३ वाहेक सबै वडामा राहत वितरण भइसकेको छ । प्रदेश सरकारले उपलब्ध गराएको १० लाख रुपैया बाट पहिलो चरणको राहत बितरण भएको रौनीयारले बताउनु भयो ।

 


कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रको लागि भएको लकडाउनमा समस्यामा परेका अति गरिब र विपन्न परिवारलाई मात्र पहिलो चरणको राहत वितरण गरिएको लेखा अधिकृत मिथिलेश कुशवाहाले वताउनु भयो । गाउँपालिकाबाट दोस्रो चरणको राहत विरतणको लागि सामग्री खरिद पक्रिया समेत अगाडी बढी सकेको उहाँले जानकारी दिनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.