logo

प्रधानमंत्रीले बोलाउनु भएको थियो ,म अपहरणमा परेको थिइनः डा. यादव

      4/23/2020 गते 00 00 मा प्रकाशित     895   पटक पढिएको

काठमाडौं ११ बैशाख  । समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले आफू अपहरणमा नपरेको प्रष्टीकरण दिनु भएको छ । 

उहाँले आफू नेकपाका दुईजना सांसदको साथमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भन्दै जनकपुरबाट काठमाडौं आएको पनि स्पष्ट पार्नु भयो । यस अघी  समाजवादी पार्टीको प्रचार बिभाग उपप्रमुख बिश्वदिप पाण्डेले डा. यादवलाई सरकारले अपहरण गरेको आरोप लगाउदै सामाजिक संजालमा स्टाटस लेख्नु भएको थियो ।

नेकपाका दुईजना सांसद महेश बस्नेत र किसान श्रेष्ठ एकाएक जानकारी नै नदिइकन जनकपुर आउनुभयो र मलाई उहाँहरुले तपाईंसँग प्रधानमन्त्रीज्युले भेट्न खोज्नु भएको छ भने पछि आफू पनि उहाँहरुसंगै काठमाण्डौ आएको डा. यादवले बताउनु भयो । 

आफू अपहरणमा परेको भन्ने हल्ला गलत भएको पनि उहाँले बताउनु भयो  । आफूले जनकपुरबाट काठमाडौं आउँदा आफूले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जानकारी समेत दिएको उहाँले बताउनु भयो । 
प्रधानमंत्रीको बोलावटमा काठमाण्डौ पुगेको बताउनु भएका डा. यादवले आफूले प्रधानमंत्रीलाई भने नभेटेको बताउनु भयो । राती होटलमा बसे बिहान पार्टी अध्यक्ष उपेन्द्र यादवलाई भेटे डा. यादवले भन्नु भयो ।

पार्टी फुटाउनकालागि आफूले कसैसँग कुराकानी नगरेको र आश्वासन पनि नदिएको भन्दै उहाँले आफू एकीकृत पार्टीमै रहेको बताउनु भाये  । 

उनले समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएकोमा आफू खुशी रहेको पनि बताउनु
 भयो  । । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.