logo

८१ वर्षिय आमा कोरोना जीतेर घर फिर्ता , संक्रमीतको संख्या ४७, निको हुनेको संख्या नौ पुग्यो

      4/23/2020 गते 00 00 मा प्रकाशित     1188   पटक पढिएको

काठमाण्डौ ११ बैशाख
कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएकी बीरगंजमा ब्यवसाय संचालन गर्दै आउनु भएकी महिला उपचार पछि घर फर्किनु भएको छ ।

 

बीरगंजबाट लकडाउनका बेला नै कैलाली पुग्नु भएकी  महिलामा  चैत २२ गते कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको थियो । 


कैलालीको लम्की चुहा नगरपालिका १ कि ५० बर्षीया महिला सेती प्रादेशिक अस्पतालबाट आज डिस्चार्ज हुनु भएको हो   । उहाँको लगातार दुई पटक थ्रोट स्वाब  परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।


कैलाली पुगेर  १२ दिन क्वारेन्टाईनमा बस्नु भएकी उहाँ कोरोनालाई जीतेर घर फर्किनु भएको छ । यो सँगै सुदूरपश्चिम प्रदेशमा चार जना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन्। अव सेती अस्पतालको आईसोलेसनमा एक जना संक्रमित महिला मात्र उपचाररत छिन्।  

 

यता काठमाडौंमा पनि दुई जना संक्रमित निको भएर आजै अस्पतालबाट डिस्चार्ज भएका छन्।
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुईजना कोरोना सङ्क्रमित पाटन अस्पतालमा उपचारपछि कोरोनामुक्त भएका छन्। कोरोनामुक्त हुनेमा ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिला छन्।

 

उनीहरूको पछिल्लो परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि आज (बिहीबार) डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनु भयो ।

बेलायतबाट आएर सनसिटीमा बस्दै आएका एकै परिवारका ३ जनामा गत वैशाख १ गते गरिएको र्‍यापिड टेस्ट (आरडिटी) मा कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो। वैशाख २ गते गरिएको पिसिआर परीक्षणमा बुहारीबाहेक दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

 

यो सँगै नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या ९ जना पुगेको छ। बाँकी बिरामीको देशभरका विभिन्न अस्पतालमा उपचार भइरहेका छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले आज थप दुई जनामा कोरोना पोजेटिभ देखिएको बताउनु भयो  । आज गरिएको मिडिया ब्रिफिङमा जनकपुरका १४ वर्षीय किशोर र उदयपुरकी ५५ वर्षीय एक महिलामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनु भयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.