काठमाणडौ १२ बैशाख ।
अहिले केही बेरमा बालुवाटारमा मंत्रीपरिषदको बैठक हुदैछ । । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ ।
सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट विरोध भइरहेको अवस्थामा उहाँले आकस्मिक बैठक बोलाउनु भएको हो ।
सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार बिहानको भेटमा प्रधानमन्त्री ओलीले आफू अध्यादेश फिर्ता लिन तयार रहेको बताउनु भएको थियो ।
नेपाली कांग्रेसले अध्यादेश फिर्ताकोलागि संस्थागत निर्णय नै गरेको छ । पार्टी भित्र पनि बिहिवार अध्यादेश फिर्ता हुनु पर्ने माँग छ । बैठकमा कोभिड १९ रोकथामका प्रयास र अध्यादेश लगायतका विषयमा मन्त्रिपरिषद्मा छलफल हुने एक मन्त्रीले बताइएको छ । ।
तपाईको प्रतिक्रिया