logo

एमसीसीको सम्झौता कार्यान्वयन होईन खारेज हुनुपर्छः वक्ताहरु

 इसीमाना सम्वाददाता     २०८० भदौ ९ गते ०५: ४० मा प्रकाशित     580   पटक पढिएको

काठमाडौं । अमेरिकी परियोजना एमसीसी नेपालमा कार्यान्वयन नभई खारेज हुनुपर्ने वक्ताहरुले बताएका छन् । शनिबार काठमाडौंस्थित संवाद डबलीमा क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपालले आयोजना गरेको ‘एमसीसी खारेज वा फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो परियोजना खारेजीको लागि हरेक नेपालीलाई सडकमा आउन आह्वान समेत गरेका छन् ।

 


क्रान्तिकारी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सीपी गजुरेलले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले लागू मात्र नभएर अब नेपालबाट फिर्ता हुनु पर्ने धारणा राखेका छन् ।

 

नेता गजुरेलले एमसीसीको सम्झौता संससदबाट अनुमोदन गरेर दलहरुले देशका विरुद्ध ठूलो अपराध गरेको आरोप लगाएका हुन् । “जनताको दबाब र नेताहरुले अनुमोदन गर्नु गल्ति भएको महसुस गरेर कार्यान्वयन नगर्दा अमेरिकाले एमसीसी परियोजना फिर्ता लग्नु पर्छ, अन्यथा देशमा ठूलो द्वन्दको सिर्जना हुन्छ ।” नेता गजुरेलले थपे ।


नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सन्तोस बुढामगरले सत्तामा आउने हरेक नेताले अमेरीकीहरुको योजनाअनुसार एमसीसी परियोजनालाई आत्मसाथ गरेर राष्ट्रघात गरेको आरोप लगाए । नेता बुढाले नेपालमा विदेशीहरुको रणनीति जसरी पनि नेपाललाई आफ्नो पञ्जामा राख्ने दाउ भएको जिकिर गरे ।


क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य हेमन्तप्रकाश ओली‘शुदर्शन’ले एमसीसीका नाममा आउने कुनै पनि सहयोग स्वीकार्न नसकिने र त्यसको कार्यान्वयनलाई अबरोध गरेरै छाड्ने उद्घोष गरे ।


सो पार्टीका अर्का नेता उदयबहादुर चलाउने‘दिपक’ले उत्तरी छिमेकी चीनलाई घेर्ने दीर्घकालिन् रणनीतिसहति नेपाल छिरेको अमेरीकी परियोजना एमसीसीलाई कुनै पनि हालतमा नेपालबाट विदा गर्नुपर्ने धारणा राखे ।


पूर्व जर्नेल डा.प्रेमसिंह बस्न्यातले वीर–पूर्खाहरुको ठूलो त्याग तपस्या र बलिदानीबाट निर्माण भएको एक सार्वभौम देश नेपाललाई विदेशीको खेल मौदानमा रुपान्तरण गर्न लागेको ओरोप लगाए ।

 

उनले देशमा जुनसुकै किसिमका क्रान्तिकारीहरु आए पनि उनिहरुले आफ्नो स्वार्थ पूर्तिका निम्ति देशमाथि गद्दारी गरीरहेको बताउँदै भने,“देउबा, केपी र प्रचण्डहरुले भारत र अमेरीकालाई देशको स्वाभिमान बेचिरहेका छन्, अब देशभक्तहरु चुप बस्न हुँदैन ।”

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.