logo

पत्रकार पुडासैनीको निधन, नेपाली पत्रकारिताले कुशल र जुझारु युवा पत्रकार गुमायोः महासंघ

 इसीमाना सम्बाददाता     २०८१ पौष २० गते ०२: ३७ मा प्रकाशित     436   पटक पढिएको

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ ।

शुक्रबार राति काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा उनको उपचारको क्रममा निधन भएको हो । केही दिनयता छातीमा समस्या आएपछि नियमित स्वास्थ्य परीक्षण तथा उपचार गराइरहेका पुडासैनी शुक्रबार राती आफ्नै डेरामा अचानक बेहोस भएका थिए ।

छिमेकीले प्रहरीलाई खबर गरेलगत्तै पुडासैनीलाई चाबहिलको हेल्पिङ ह्यान्ड्स अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।


नुवाकोटमा स्थायी घर भएका पुडासैनीले रेडियो नुवाकोट एफएममार्फत पत्रकारिता सुरु गरेका थिए।  झण्डै एक दशकदेखि पत्रकारितामा सक्रिय पुडासैनीले यस दौरान काठमाडौंमा रही माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायतका सञ्चारमाध्यममा काम गरेका थिए ।

 

३३ वर्षिय पुडासैनी अहिले नेपाल भ्यूज अनलाइनका उपसम्पादकको रुपमा कार्यरत रहेका थिए ।


यसैवीच नेपाल पत्रकार महासंघले एक ज्ञित्रप्ति जारी पुडासैनीको निधनले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको जनाएको छ ।

 

महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको बिज्ञिप्तमा पत्रकार पुडासैनीको  निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको उल्लेख छ । 


त्यसैगरि प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पनि बिज्ञप्ति जारी गर्दै अत्यन्तै निडर र शालिन , श्रमजीबी पत्रकार श्याम सुन्दर पुडाशैनीको निधनले सिंगो संगठनलाई स्तब्ध र दुखित तुल्याएको जनाएका छन ।  उनले बिज्ञप्ति मार्फत स्वर्गीय पुडासैनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना पनि गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.