logo

पत्रकार पुडासैनीको निधन, नेपाली पत्रकारिताले कुशल र जुझारु युवा पत्रकार गुमायोः महासंघ

 इसीमाना सम्बाददाता     २०८१ पौष २० गते ०२: ३७ मा प्रकाशित     300   पटक पढिएको

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ ।

शुक्रबार राति काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा उनको उपचारको क्रममा निधन भएको हो । केही दिनयता छातीमा समस्या आएपछि नियमित स्वास्थ्य परीक्षण तथा उपचार गराइरहेका पुडासैनी शुक्रबार राती आफ्नै डेरामा अचानक बेहोस भएका थिए ।

छिमेकीले प्रहरीलाई खबर गरेलगत्तै पुडासैनीलाई चाबहिलको हेल्पिङ ह्यान्ड्स अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।


नुवाकोटमा स्थायी घर भएका पुडासैनीले रेडियो नुवाकोट एफएममार्फत पत्रकारिता सुरु गरेका थिए।  झण्डै एक दशकदेखि पत्रकारितामा सक्रिय पुडासैनीले यस दौरान काठमाडौंमा रही माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायतका सञ्चारमाध्यममा काम गरेका थिए ।

 

३३ वर्षिय पुडासैनी अहिले नेपाल भ्यूज अनलाइनका उपसम्पादकको रुपमा कार्यरत रहेका थिए ।


यसैवीच नेपाल पत्रकार महासंघले एक ज्ञित्रप्ति जारी पुडासैनीको निधनले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको जनाएको छ ।

 

महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको बिज्ञिप्तमा पत्रकार पुडासैनीको  निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको उल्लेख छ । 


त्यसैगरि प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पनि बिज्ञप्ति जारी गर्दै अत्यन्तै निडर र शालिन , श्रमजीबी पत्रकार श्याम सुन्दर पुडाशैनीको निधनले सिंगो संगठनलाई स्तब्ध र दुखित तुल्याएको जनाएका छन ।  उनले बिज्ञप्ति मार्फत स्वर्गीय पुडासैनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना पनि गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.