logo

मुख्यमन्त्रीको अस्पताल अप्रेशनः मापदण्ड बिपरित संचालीत निजगढका ९ स्वास्थ्य संस्था बन्द

 इसीमाना सम्वाददाता     २०८१ चैत ३० गते १०: ३७ मा प्रकाशित     146   पटक पढिएको

निजगढ। बाराको निजगढमा अनुमती बिना संलाचनामा रहेका  ९ वटा स्वास्थ्य संस्था बन्द गरिएको छ ।

 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा शुक्रबार बाराको निजगढमा गरिएको अनुगमनमा  ति स्वास्थ्य संस्था बन्द गरिएको हो ।


जनस्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य संसथहरु आवश्यक प्रक्रिया पुरा नगरि संचालन भएको पाइपछि  प्रदेश सरकार स्वास्थ्य सेवाको गुणस्तर र पारदर्शिता सुनिश्चित गर्न  आक्रमक रुपमा क्रियाशिल भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरका अनुसार अनुगमनमा दुई अस्पताल (निजगढ सिटी अस्पताल र जीवनदान हस्पिटल), दुई डेन्टल क्लिनिक (निजगढ डेन्टल क्लिनिक र नारायणी दन्त सेवा केन्द्र), चार फार्मेसी (मिश्रा मेडिकल सेन्टर, सम्माम फार्मेसी, मोहम्मदी मेडिसिन सेन्टर, सिद्धार्थ मेडिकल हल) र एक आँखा उपचार केन्द्र (निजगढ आँखा उपचार केन्द्र) बन्द गरिएका छन् ।


ठाकुरका अनुसार, फार्मेसी खोल्ने अनुमति लिएर अस्पताल सञ्चालन गरिएको पाइएकोले यसपटक पहिलोपटक फार्मेसी पनि बन्द गरिएको हो ।

“स्वास्थ्य सेवा जनताको ज्यानसँग जोडिएको विषय हो, त्यसमा लापरवाही सह्य हुने छैन,” ठाकुरले बताए ।

हालसम्म मधेश प्रदेशभर १६९ स्वास्थ्य संस्था अनुगमन हुँदा केवल १८ वटा मात्र मापदण्डअनुकूल भेटिएका छन् । १ सय २२ संस्थालाई बन्द गर्न निर्देशन दिइएको छ ।

मुख्यमन्त्री सिंहले जनस्वास्थ्यमा गम्भीर चुनौती बनेका यस्ता अवैध स्वास्थ्य सेवा प्रदायकहरूमाथि प्रदेश सरकारले कडा कदम चाल्ने स्पष्ट सन्देश दिएका छन् । यस कदमलाई आम नागरिक र स्वास्थ्य अधिकारकर्मीहरूले स्वागत गरेका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मुख्यमन्त्रीको अस्पताल अप्रेशनः मापदण्ड बिपरित संचालीत निजगढका ९ स्वास्थ्य संस्था बन्द

निजगढ। बाराको निजगढमा अनुमती बिना संलाचनामा रहेका  ९ वटा स्वास्थ्य संस्था बन्द गरिएको छ ।

वीरगंज महानगरद्वारा बिद्यालय शिक्षा, एकरुपताकालागि शैक्षीक क्यालेण्डर जारी

वीरगंज । नयाँ शैक्षिक सत्र २०८२ को शैक्षिक क्यालेन्डर सार्वजनिक भएको छ । वीरगञ्ज महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत दुबै विद्यालयका नयाँ शैक्षिक शत्रको परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्न संयुक्त शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.