logo

वीरगन्जमा गगन थापा,छठको आस्थादेखि प्रदीप गिरीको विचारसम्मकाय कार्यक्रममा ब्यस्त

 इसीमाना सम्वाददाता     २०८३ मंसिर ३० गते ०८: ४३ मा प्रकाशित     34   पटक पढिएको

वीरगन्ज। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सोमबार वीरगन्जमा धार्मिक, सामाजिक तथा बौद्धिक गतिविधिमा सहभागिता जनाएका छन्।

 

 छठ पर्वको अवसरमा वीरगन्ज आएका थापाले घडिअर्वा पोखरीमा रहेको छठघाटमा पूजाआजा गर्नुका साथै प्रदीप गिरी फेलोसिप उद्घाटन गरेका छन।

May be an image of one or more people, temple and text

थापा सोमबार बिहान पत्नी अञ्जना केसीसहित वीरगन्ज महानगरपालिका–१० स्थित घडिअर्वा पोखरी छठघाट पुगेका थिए।

 

 त्यहाँ उनले छठ पर्व मनाइरहेका व्रतालु महिलाहरूसँग भेटघाट गर्दै टीका तथा आशीर्वाद ग्रहण गरे। उनले घडिअर्वास्थित सूर्य मन्दिरमा समेत पूजाआजा गरेका थिए।

 

मधेशको सांस्कृतिक पहिचान र आस्थासँग जोडिएको छठ पर्वमा सहभागी हुँदै थापाले धार्मिक सद्भाव र सामाजिक एकताको सन्देश दिएका छन्।

 

धार्मिक कार्यक्रममा सहभागितापछि थापा वीरगन्ज महानगरपालिका–१४ पिपरामा आयोजित स्वर्गीय प्रदीप गिरी फेलोसिप उद्घाटन कार्यक्रममा सहभागी भए।

 

 प्रदीप गिरी इन्स्टिच्युटद्वारा आयोजित कार्यक्रममा उनले संघीयता र समावेशिताले नेपालको लोकतन्त्रलाई थप बलियो बनाएको धारणा राखेका थिए।

 

फेलोसिप कार्यक्रममार्फत विचार, अनुसन्धान, लेखन तथा कानुनी सेवाका क्षेत्रमा नयाँ पुस्तालाई अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।

 

कार्यक्रमअन्तर्गत अनुसन्धान तथा लेखन फेलोसिप, कानुन व्यवसायीका लागि न्याय फेलोसिप र आफ्नै राजनीतिक दल वा संस्थाका कमजोरीमाथि आलोचनात्मक लेखन गर्ने उत्कृष्ट निबन्धलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको छ।

 

विशेषगरी दलित, मधेसी, आदिवासी जनजाति, महिला तथा काठमाडौं उपत्यकाबाहिरका आवेदकलाई प्राथमिकता दिने कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ।

 

फेलोसिपअन्तर्गत चार जना कानुन व्यवसायीलाई एक वर्षका लागि न्याय फेलोका रूपमा छनोट गरी मधेश र काठमाडौंमा कानुनी सहायता डेस्क सञ्चालन गर्ने योजना पनि समेटिएको छ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) द्वारा विपन्न परिवारलाई साडी, खाद्यान्न तथा छठ पूजा सामग्री वितरण

वीरगञ्ज । छठ पर्वको पावन अवसरमा लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) ले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै ९० विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई साडी, खाद्यान्न एवं छठ पूजाका आवश्यक सामग्री वितरण गरेको छ।

ठोरी–४ विजयबस्तीमा प्रहरी भवन र स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–४ विजयबस्तीमा नेपाल प्रहरीको नवनिर्मित भवन र निर्मल बस्ती स्वास्थ्य चौकीको नयाँ भवन एकै दिन उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.