logo

नेपालमा परिक्षण गरिएका कोही पनि कोरोना संक्रमीत  छैननः स्वास्थ्य मंत्रालय

      3/10/2020 गते 00 00 मा प्रकाशित     1017   पटक पढिएको

काठमाण्डौ २७ फाल्गुण ।
नेपालमा हाल सम्म परिक्षण गरिएका कसैमा पनि कोरोको संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण नदेखिएपनि सम्भावित जोखिमलाई मध्यनजर गरि संक्रमण भित्रन नदिन यथोचित व्यवस्था गरेको मंत्रालयले जनाएको छ ।

नेपालमा ४ सय ४१ जनामा कोरोना भाइरसको आश‌ंकामा नमुना परीक्षण गरिएकोमा  परीक्षण गरेका सबैमा कोरोना भाइरस भनेर चिनिने कोभिड १९ को संक्रमण  नभेटिएको मंत्रालयले जनाएको छ ।

मन्त्रालयले माघ ९ गते चीनको बुहानबाट आएका एक जनामा कोरोना संक्रमण देखिएपछि शंकास्पद व्यक्तिको नमुना प्रयोगशालामा जाँच गर्दै आएको छ। बुहानबाट आएका ती व्यक्तिको नमुना हङकङमा पठाइएको थियो। त्यसपछि भने मन्त्रालयले नेपालमा नै आवश्यक किट मार्फत कोरोना परीक्षण सुरु गरेको हो।

विमानस्थलमा थप जनशक्ति तथा उपकरण व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्रालयले संक्रमण रोकथामका लागि नियमित रुपमा औषधिसहितको स्प्रे गर्ने कार्य भइरहेको जनाएको छ। 

छिमेकी मुलुकहरुसँग स्थलमार्गका ३७ नाकाहरुमा प्रदेश र स्थानीय तहसँग सहकार्यमा हेल्थ डेक्स स्थापना गरि नेपाल भित्रिने यात्रुको चेकजाँच सुरु गरिएको मंत्रालयले जनाएको छ।

मन्त्रालयले औषधि र औषधिजन्य सामग्री आदिको अभाव हुन नदिन अनुगमनलाई थप प्रभावकारी बनाइएको र देशभित्रको उत्पादन क्षमतालाई बढाउन आवश्यक पहल गरिरहेको जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.