logo

बीरगंज महानगरले चलाएको कोभिड अस्थायी अस्पतालपनि निशुल्क उपचार अस्पतालको सूचीमा

      6/10/2021 गते 00 00 मा प्रकाशित     1224   पटक पढिएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालसहित निजी तथा मेडिकल कलेजमा समेत कोरोना संक्रमितको नि शुल्क उपचार हुने व्यवस्था गरेको छ।

 

मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको नि शुल्क उपचारका लागि सम्झौता गर्दै आइरहेको छ।


मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार देशभरका ८३ वटा अस्पतालमा कोरोना संक्रमितको नि शुल्क उपचार हुने छ। मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजमा कोभिड–१९ केयर युनिट संचालन गर्ने र नि शुल्क उपचार सेवा दिने व्यवस्था गरेको हो।

यी अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितको अस्पतालले नि शुल्क उपचार गर्नुपर्ने हुन्छ। ती बिरामीहरुको उपचार गरेबापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्ने मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीको भनाइ छ।

 

‘कुनै पनि कोरोना संक्रमितले मेरो उपचार खर्च म तिर्न सक्दिन वा तिर्दिन सरकारले नै मेरो उपचार गर्नुपर्छ भन्यो भने, त्यस्ता बिरामीको पनि यी निजी अस्पताल तथा मेडिकल कलेजमा नि शुल्क उपचार हुन्छ,’ डा अधिकारीले भन्नु भयो , ‘यी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गरेबापत लागेको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्छ।’

निशुल्क भित्र के के पर्छ ?

१.सामान्य रगत परीक्षण (जस्तै  सिरम, युरिया, क्रियटिनिन्, सुगर, सिआरपी, सिबिसी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर, एएसटी, एएलटी आदी)

२. छातीको एक्सरे

३. उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि

४. बिरामीको शय्या शुल्क

५. खाजा तथा खाना सहित चार छाक

६. चिकित्सक तथा नर्सको राउन्ड सेवा

७.अक्सिजन

तर, यी सेवा निशुल्क छैन

१. आइसीयू बाहेकका बिरामीमा पिसिआर

२. रेम्डिसिभिर

३. प्लाज्मा थेरापी

४. सिटी स्क्यान

५.हायर एन्टिबायोटिक्स

निशुल्क उपचारकोलागि संघ सरकारले देश भरिका ८३ अस्पतालहरुको सूची जारी गरेको छ । प्रदेश २ मा जनकपुरको जानकी मेडिकल कलेज बीरजंजको नेशनल मेडिकल कलेज र बीरगंज महानगरपालिकाले संचालन गरेको अस्थायी कोभिड अस्पतालको सूची निशुल्क उपचार गर्ने अस्पतालको सूचीमा परेको छ ।

 

दुईवटा मेडिकल कलेजको ब्यवस्थापन संघ सरकारले गरेको हो  भने बीरगंजको अस्थायी अस्पतालको ब्यवस्थापन बीरगंज महानगरपालिकाले गरेको हो ।

 

यद्धपी खर्च भने संघ सरकारले ब्यहोर्ने स्वासथ्य मंत्रालयले जनाएको छ । प्रदेश २ मा प्रदेश सरकारले अन्य कुनै अस्पतालको ब्यवस्थापन गरेको छैन । प्रदेश १ सरकारले समेत सरकारी अस्पताल बाहेक अन्य १ अस्पतालको ब्यवस्थापन गरेको छ ।

 

गण्डकी प्रदेश सरकारले ३१ वटा अस्पतालमा निशुल्क उपचारको ब्यवस्थापन गरेको छ । बाग्मती प्रदेश सरकारले १४ वटा अस्पतालमा कोभिडका बिरामीको निशुल्क उपचारको ब्यवस्था मिलाएको छ । सुदुरपश्चिम सरकारले ११ वटा अस्पतालमा यो सुविधा उपलब्ध गराउने ब्यवस्था मिलाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.