logo

सीमावासीसंग सशस्त्र प्रहरी, १ सय १३ वर्षीया एक ज्येष्ठ नागरिक महिलाको भयो मोतीबिन्दुको शल्यक्रिया

 इसीमाना सम्बाददाता     २०८३ जेठ १० गते ०१: ०३ मा प्रकाशित     433   पटक पढिएको

वीरगन्ज । सशस्त्र प्रहरी बलको विशेष अभियान अन्तर्गत पर्सामा आयोजित निःशुल्क आँखा शिविरबाट छनोट भएका २२ जना मोतिबिन्दुका बिरामीहरूको आँखाको सफल शल्यक्रिया गरिएको छ।

 

शल्यक्रिया सेवा लिनेहरूमा १ सय १३ वर्षीया एक ज्येष्ठ नागरिक महिला समेत रहेकी छिन्।

 

सशस्त्र प्रहरी बल, नेपालको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत नं .१३ गण हेडक्वार्टर पर्साले जेठ ८ गते वीरगञ्ज महानगरपालिका–१ छपकैया छटघाटस्थित श्री वविता पराजुली आधारभूत विद्यालयमा सो निस्शुल्क शिविर आयोजना गरेको थियो।

 

तिलगंगा आँखा अस्पताल काठमाडौं र सामुदायिक आँखा केन्द्र वीरगञ्जको प्राविधिक सहकार्यमा सञ्चालित उक्त शिविरमा परीक्षण गराएका बिरामीमध्ये मोतिबिन्दुको जटिल समस्या देखिएका ३४ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो।

 


सिफारिस गरिएकामध्ये हालसम्म २४ जना सम्पर्कमा आएको र तीमध्ये २२ जनाको सामुदायिक आँखा केन्द्र वीरगञ्जमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मोहन राज निरौलाले जानकारी दिए ।

 

सम्पर्कमा आएका अन्य २ जनाको स्वास्थ्य परीक्षण गर्दा सुगरको मात्रा अत्यधिक देखिएकाले तत्काल शल्यक्रिया गर्न नसकिएको चिकित्सकहरूले बताएका छन्।

 

शिविरमा छनोट भएर पनि हालसम्म सम्पर्कमा नआएका बाँकी १० जना बिरामीहरू सम्पर्कमा आउनासाथ उनीहरूको पनि आवश्यक शल्यक्रिया प्रक्रिया अगाडि बढाइने चिकित्सक टोलीले जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.